मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

गोविन्द केसी अनशनमा, सर्मथक जुलुसमा

  • प्रकाशित मिति : शनिबार, अशोज १५, २०७३



  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाइनुपर्ने मागसहित नवौं पटक आमरण अनसनमा वसेका शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै काठमाडौमा प्रदर्शन गरिएको छ ।

    चिकित्सा शिक्षाका विद्यार्थी, विभिन्न पेशाकर्मी र सर्वसाधारणले शनिबार काठमाडौको माइतीघर मण्डलाबाट नयाँ वानेश्वरसम्म जुलुस प्रदर्शन गरेका हुन् ।

    प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले स्वास्थ्य क्षेत्रको सुधारका लागि डा. केसीले उठाएका माग तत्काल सम्बोधन गरिनुपर्ने बताए ।

    डा. केसीले चिकित्सा शिक्षा सम्बन्धी विधेयक संसद्को चालु अधिवेशनबाट पारित गरिनुपर्ने, अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग लगाइनुपर्ने, मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिइनुपर्ने र चिकित्सा शिक्षा सम्बन्धी कानून बनेपछि मात्र नयाँ मेडिकल कलेजको सम्बन्धन दिइनुपर्ने माग राखेका छन् ।

    डा. केसीको माग अनुसार सरकारले मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक संसद्बाट फिर्ता लिने निर्णय गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij