प्रकाशित मिति : सोमवार, अशोज १७, २०७३
लण्डन । इन्जुरी समयमा भएको विवादास्पद गोलको मद्दतले आर्सनलले बर्नलीलाई पराजित गरेको छ ।
बराबरीतर्फ अघि बढिरहेको खेलमा लरेन्ट कोसिएलनीले विवादास्पाद गोल गर्दै आर्सनललाई तीन अंक दिलाए । थियो वाल्कोटको क्रस कोसिएल्नीको कुहिनामा लागेर गोलमा परिणत भएको थियो । यति मात्र होइन उनी अफसाइड पनि देखिएका थिए ।
उता, खेल अवधि भर उत्कृष्ट डिफेन्सीभ खेलको प्रदर्शन गरेको बर्नली अन्त्यमा अंक विहिन रह्यो । खेलपछि आर्सनलका प्रशिक्षक आर्सन वेंगरले पनि खेलमा आफूहरु भाग्यमानी ठहरिएको स्वीकार गरे ।
जीतसँगै आर्सनल १६ अंकसहित लिगको शीर्ष स्थानमा रहेको छ । उता, लिगको पछिल्ला ६ खेलमा अपराजित रहेको म्यान्चेस्टर सिटीको विजयी यात्रामा पनि पूर्ण विराम लागेको छ । टोटनहमको घरेलु मैदानमा सिटी २–० ले स्तब्ध बन्यो ।
खेलको नवौं मिनेटमा नै अलेक्सान्डर कोलारोभले आत्मघाती गोल गरेपछि सिटी पछि परेको थियो । खेलको ३७ औं मिनेटमा डेले अलीले सोन हिउङ मिनको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए ।
खेलअवधि भर स्पर्स सिटीमाथि हाबी देखिन्थ्यो । ‘आजको खेल निकै अप्ठ्यारो हुनेछ भन्ने हामीलाई थाहा थियो । आजको खेलमा हामी हरेक क्षेत्रमा पछि पर्ेयौं । हामीभन्दा उनीहरुले राम्रो खेले,’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने ।
हारपछि पनि १८ अंकसहित सिटी लिगको शीर्ष स्थानमा रहेको छ भने एक अंकले पछि टोटनहम लिगको दोस्रो स्थानमा रहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij