आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पोषणविद्का कुरा : दसैँमा खानपान कसरी गर्ने ?

  • प्रकाशित मिति : सोमवार, अशोज १७, २०७३



  • नेपाली समुदायको सबैभन्दा ठूलो चाड दसैँ सुरु भइसकेको छ । यो समयमा हरेकका घरमा मासुका विभिन्न परिकारका साथै अन्य मिष्ठान्न भोजन तयार हुन्छन् । दसैँमा प्रोटिनयुक्त खानेकुरा बढी खाने, फुर्सदको समय बढी हुँदा आराम गरिने हुन्छ । यही कारणले खानेकुरा अपच भएर बिरामी पनि हुने गरेको पाइने गरेको छ । खानपिनकै कारण दसैं दशा बनेका कतिपय उदाहरणहरू पनि छन् । चाडबाडलाई नेपालीहरू चिल्लो, पिरो, अमिलो र बोसोयुक्त खानेकुरा खान मन पराउँछन् । तर, यस्ता परिकार मात्रा नमिलाई खाँदा शरीरलाई हानि गर्ने गर्दछ । यस्ता खानेकुरा सँगै हरियो सागपात र ताजा फलफूल पनि सन्तुलित रूपमा खानुपर्छ । बढी चिल्लो, अमिलो र पिरो खानेकुरा नखाँदा नै राम्रो हुन्छ, आफूले पचाउन सक्ने अवस्था हेरेर मात्र खानेकुरा खानुपर्छ ।

    चिल्लो, अमिलो, पिरो खानेकुराले ग्यास्ट्रिक बढाउने, टन्सिल हुनेलगायतका समस्या हुन्छ । त्यसका साथै कोलेस्ट्रोल बढाउने बोसोको मात्रा बढी हुन्छ जसका कारण अपच हुने, कब्जियत, फुड पोइजनजस्ता समस्या देखा पर्छन् । चाडबाडमा मसलेदार परिकारलाई पनि प्राथमिकता दिइन्छ । त्यस्ता परिकार घरमै तयार गरिएको ताजा जिरा, धनियाँ, लसुन, प्याजलगायतका मसला बनाइएको छ भने त्यसले त्यति असर गर्दैन । बजारमा पाइने रेडिमेट मसलाहरूको शुद्धतामा ग्यारेन्टी गर्न सकिँदैन । त्यसैले त्यस्ता मसलाले शरीरमा मन्द विषको काम गर्न सक्छन् । घरमै तयार गरेको मसला खानु राम्रो मानिन्छ ।

    कति मासु खाने

    एउटा जवान मान्छेले एक दिनमा २ सय ५० ग्रामसम्म मासु खानु राम्रो हुन्छ । विश्व स्वास्थ्य संगठनले १ केजी तौल भएको मानिसलाई १ ग्राम प्रोटिन आवश्यक हुन्छ भनेको छ । २ सय ५० ग्राम खसीको मासुमा सरदर ५० देखि ५५ ग्रामसम्म प्रोटिन हुन्छ । दैनिक त्यति मासु खाँदा फाइदाजनक नै हुन्छ । मधुमेह, उच्च रक्तचाप, किड्नीमा समस्या भएका र कोलेस्ट्रोल बढी भएका बिरामीले बोसो नभएको मासुलाई उसिनेर मात्र खानुपर्छ । उसिनेको मासुमा हल्का जिराको धुलो र कागती राखेर खाँदा राम्रो र स्वादिष्ट हुन्छ । स्वस्थ मानिसले पचाउन सक्ने कवाफ बनाएर खाँदा रामै्र हुन्छ । तर, उच्च रक्तचापका बिरामी, किड्नीमा समस्या भएका र मधुमेहका रोगीहरूलाई भने त्यसले असर गर्छ ।

    मासुमा धेरै बोसो हुने हुँदा त्यसले कोलेस्ट्रोल बढाएर अपच हुने तथा फुड पोइजन पनि हुन सक्छ । मासुलगायत दसैँमा प्रोटिनयुक्त खानेकुरा धेरै खाइने हुँदा मोटोपन बढ्ने, ग्यास्ट्रिक बढ्ने समस्या हुनु सामान्य हो । त्यसका लागि दैनिक व्यायाम गर्ने, नियमित रूपमा कम्तीमा ४५ मिनेटदेखि एक घन्टासम्म हिँड्ने गरेमा खाना पचाउन सहयोग पुग्छ । ग्यास्ट्रिक कम गर्नका लागि उसिनेको र रसयुक्त मासु खानु राम्रो हुन्छ । त्यसका साथै बढी खानाले असहज महसुस भए कागती पानी खाने, ज्वानोको झोल बनाएर खाँदा स्वास्थ्यलाई फाइदा हुन्छ ।

    फुड पोइजनको सम्भावना

    फुड पोइजनको मुख्य कारण दूषित पानी हो । त्यसैले पानी उमालेर मात्र पिउनुपर्छ । त्यसका साथै चाडबाड भनेर जे पायो त्यही खाने प्रचलन पनि हटाउनुपर्छ । त्यस्ता परिकारले शरीरलाई राम्रो गर्दैन । कतिपयमा काँचो मासु नै खाने बानी हुन्छ । त्यस्तो मासु सेवनले फुड पोइजनको सम्भावना बढी हुन्छ । त्यस्तो मासु खान मन परे उसिनेर खाँदा राम्रो मानिन्छ । त्यसका साथै बासी मासु खायो तथा अन्य परिकारले पनि फुड पोइजनको सम्भावना बढी हुन्छ । ताजा मासु खानु सबैभन्दा उपयुक्त हुन्छ । बासी मासु खाइन्छ भने अलिकति बढी तेल र मसलामा मासु राखेर मासुमा भएको पानी सुकाउने गर्नुपर्छ । त्यसलाई पातलो कपडाले छोपेर नगुम्सिने गरी सुरक्षित साथ राखेर खानुपर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij