शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

गान्धीका अन्तिम वर्षका ती नदेखिएका तस्बिरहरु

  • प्रकाशित मिति : सोमवार, अशोज १७, २०७३



  • हात्मा गान्धीको सेक्रेटरीको रुपमा वषौंदेखि काम गरेका र उनका वंशजमध्येका एक कनु गान्धीले उनको २ हजारभन्दा बढि तस्बिरहरु लिएका थिए ।
    160111061333_mahatma_gandhi_2तीमध्ये धेरै तस्बिरहरु वर्षौंसम्म हराए अझ भनौं देखाइएन ।
    ती फोटोमध्ये गान्धीको जीवनका अन्तिम दशकका ९२ तस्बिरहरु भारतको नजर फाउन्डेसनले मोनोग्राफको रुपमा सजाएको छ ।
    160111061333_mahatma_gandhi_3फोटोग्राफर उनको आमा बुवाले २० वर्षको उमेरमा गान्धीको मद्दत गर्नलाई सेवाग्राम पठाएका थिए ।
    उनी मेडिकलको पढाई गर्न चाहन्थे तर उनलाई फोटोग्राफीमा आकर्षित भए । उनी महात्मा गान्धीको असहयोग आन्दोलनको बिचमा दर्जनौं पटक भोक हडतालमा बसे । कनु गान्धी धेरैजसो महात्मा गान्धीसँगै बस्दथे त्यसकारण उनी थुप्रै पटक उनको अंतरंग र एकान्त पललाई क्यामरामा कैद गर्न सफल भए ।
    160111061333_mahatma_gandhi_4उत्तर पश्चिम सीमा प्रान्तमा एक पटक गान्धीको गाडी निकै नराम्रोसँग फसेको थियो । कुन गान्धीले महात्मा गान्धीसँग विभिन्न देशका यात्रा गरे ।
    160111061333_mahatma_gandhi_5गान्धीको जीवनको अन्तिम दशकमा निकै महत्वपूर्ण घटनाहरु भए । कनुको तस्बिरमा ती सबैको कहानी कैद छ ।
    यी तस्बिरहरुमा गान्धी थुप्रै भावमा देखिएका छन् । उनी कहिले गहिरो चिन्तनमा देखिएका छन्, कहिले प्रसन्न मुद्रामा त कहिले आफ्ना समर्थकहरुसँग ।
    160111061334_mahatma_gandhi_6तीन दिनको भोक हड्तालको क्रममा गान्धीलाई मालिश गर्दै उनकी दिदी रालियातबेन र एक आफन्त ।
    यो तस्बिर सन् १९४० को हो ।
    160111061334_mahatma_gandhi_9सन् १९३८ को एक ऐतिहासिक तस्बिर जसमा महात्मा गान्धी र सुभाष चन्द्र बोस कुराकानी गरिरहेको देख्न सकिन्छ । हुन त गान्धी र सुभाषबिचको सम्बन्ध निकै जटिल रह्यो । उनीहरुका बिच निकै मतभेद पनि रह्यो ।
    160111061334_mahatma_gandhi_10सन् १९४० मा खिचिएको यो तस्बिरमा गान्धी र नोबेल पुरस्कारका बिजेता रबिन्द्रनाथ टेगोर चिन्तन मनन गरिरहेको अवस्थामा ।
    160111061349_mahatma_gandhi_11बंगाल, असाम र दक्षिण भारतको रेल यात्राको क्रममा हात फैलाएर दान जुटाउँदै गान्धी ।
    mahatma_gandhi_7-1940सेवाग्राममा एक इसाई र दलित महिलाबिचको क्रममा गान्धी र श्रीमती कस्तूरबा ।
    160111061349_mahatma_gandhi_12महात्मा गान्धीकी श्रीमती कस्तूरबाको मृत्यु सन् १९४४ को फेब्रुअरीमा भएको थियो । उनको शव नजिकै शान्त मुद्रामा बसेका गान्धी ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij