आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रेडपाण्डाको तस्करी नियन्त्रणका लागि एप्लिकेसनको प्रयोग

  • प्रकाशित मिति : सोमवार, अशोज १७, २०७३



  • इलाम ।  विश्वबाटै लोपोन्मुख सूचीमा सूचीकृत रेडपाण्डा (हाब्रे) को चोरी निकासी बढ्न थालेपछि मोबाइल एप्लिकेसनको प्रयोग सुरू गरिएको छ ।

    रेडपाण्डा पाइने इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा रेडपाण्डाको संरक्षण र अनुगमनका लागि मोबाइल एप्लिकेसनको प्रयोग सुरू गरिएको हो । वन अभिभावकले रेडपाण्डाको बासस्थान, उसले हिँड्ने बाटो, रेडपाण्डाको दिसा र रेडपाण्डा देखिए तस्बिरसहितको एप्लिकेसनमार्फत सबै विवरण भरेर रेडपाण्डा नेटवर्कको केन्द्रीय कार्यालयमा पठाउन थालेका छन् ।

    इलाममा १४ जना वन अभिभावकलाई सात वटा, पाँचथरमा १२ जनालाई छ वटा र ताप्लेजुङमा २८ जना वन अभिभावकलाई १४ वटा मोबाइल वितरण गरिएको रेडपाण्डा नेटवर्कका सुमित गौतमले बताए । मोबाइल एप्लिकेसन प्रयोगका लागि भने रेडपाण्डा पाइने जङ्गल जानुपर्ने हुन्छ । एप्लिकेसनसँगै जिपिएसको समेत प्रयोग हुन थालेको छ ।

    वन अभिभावक पनि मोबाइलबाट रेडपाण्डाको अनुगमन हुने भएपछि चोरी निकासी नियन्त्रण गर्न सकिनेमा ढुक्क भएका छन् । ‘मोबाइलबाट काम गर्दा छिटो हुने र प्रभावकारी हुन्छ,’ वन अभिभावक अर्जुन राईले भने ।
    रेडपाण्डा संरक्षणका लागि इलाममा उच्च पहाडी जडीबुटी उत्पादक तथा संरक्षण संस्था, पाँचथरमा दीपज्योति युवा क्लब र ताप्लेजुङमा हिमाली संरक्षण मञ्चले नियमित अनुगमन र रेखदेख गरिरहेका छन् । रेडपाण्डा नेटवर्क नेपालबाट सन् २०११ देखि समुदायमा आधारित रेडपाण्डा संरक्षण परियोजना सञ्चालन भइरहेको छ । संरक्षणसम्बन्धी चेतना फैलाउन तीन वटै जिल्लाका विभिन्न विद्यालयमा रेडपाण्डा शिक्षा सुरू गरिएको छ । इलामको पुवामझुवा, माइमझुवा, माइपोखरी, माबु, जमुना, प्याङ, जोगमाई, नयाँबजारलगायतका गाविसमा रेडपाण्डा पाइन्छ ।

    यसअघि पनि रेडपाण्डा संरक्षणका लागि क्यामेरा जडान गरिएको थियो । तर तस्करले क्यामेरा फुटाएर रेडपाण्डा तस्करी गर्न थालेपछि एप्लिकेसनको प्रयोग थालिएको उच्च पहाडी जडीबुटी उत्पादक तथा संरक्षण संस्थाका कृष्ण राईले भन्नुभयो । इलाम, पाँचथर र ताप्लेजुङमा करिब अढाई सय भन्दा बढीको सङ्ख्यामा रेडपाण्डा रहेको अनुमान गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij