प्रकाशित मिति : सोमवार, अशोज १७, २०७३
काठमाडौ । नेपालका लागि फियाट् कारको आधिकारिक बिक्रेता लाइफ अटोमोबाइलले ह्याच ब्याक पुन्टो प्युअर कार नारायणघाटमा सार्वजनिक गरेको छ । ‘बेस्ट–इन–क्लास’ सुविधा भएको युरोपियन ह्याच ब्याक स्थानीय डिलर युरो अटोमोटिभमा उपलब्ध हुने जनाइएको छ ।
पुन्टो प्युअर आकर्षक बिशेषता भएको इन्ीट्र–लेभल ह्याच ब्याक रहेको कम्पनीले जनाएको छ ।
बलियो बनोट, पर्याप्त स्पेस, उच्च ग्राउन्ड क्लेरेन्स र प्रिमियम डिजाइनका कारण यो कारलाई काठमाडौंमा धेरै रुचाइएको जनाइएको छ ।
पुन्टो प्युअरमा चार वटा सिलिन्डर भएको १.२ लिटर फायर पेट्रोल इन्जिन जडान गरिएको तथा ६००० आरपीएममा ६८ पीएस उर्जा र २५०० आरपीएममा ९६ एनएम टर्क उत्पन्न गर्ने जनाइएको छ । पुन्टो प्युअर ‘एक्जोटिक रेड’, ‘हिपहप ब्ल्याक’ र ‘ह्वाइट’ गरी तीन रंगमा उपलब्ध छ ।
पुन्टो प्युअरलाई चितवन उद्योग वाणिज्य महासंघका अध्यक्ष राजन गौतमले सार्वजनिक गरेका हुन् । ४५ लिटर क्षमताको फ्युल ट्यांक भएको यो इटालिन कारले १५ दशमलब ७ केएमपीएल माइलेज दिने जनाइएको छ ।
यस्तो छ पुन्टोमा विशेषता
इन्जिन– १.२ लिटर फायर इन्जिन
डिस्प्ले समेन्ट– ११७२ सीसी
फ्युल टाइप–पेट्रोल
ट्रान्समिसन– ५ स्पिड म्यानुअल
डाइमेनसन–३९८७ एमएम, १६८७ एमएम, १४९७ एमएम
ग्राउन्ड क्लेरेन्स– १९५ एमएम
फ्युल ट्यांक– ४५ लिटर
रंग– एक्जोटिका रेड, हिपहम ब्ल्याक र ह्वाइट
मूल्य–२२ लाख ८९ हजार
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij