आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

१२० वर्षका तन्दरुस्त बाबा जो प्रवचन भन्न बेलायत, अमेरिका जान्छन्

  • प्रकाशित मिति : मङ्लबार, अशोज १८, २०७३



  • लामो आयुका लागि स्वस्थ शरिर चाहिन्छ । स्वस्थ शरिरका लागि सन्तुलित आहार आवश्यक पर्छ भन्ने बुझाई धेरैको छ । तर के लामो आयु बाँच्नका लागि यी बाहेक अन्य केही तरिका छन् ? बनारसका तन्दरुत १२० वर्षीय बाबा शिवानन्दलाई देखेर यस्ता प्रश्न उठ्न सक्छन् ।

    बाबा शिवानंदले बिहान तीन बजे नै आफ्नो बिस्तारालाई छोड्ने गर्दछन् । त्यसपछि स्नान गर्छन् अनि एक घण्टा योग । उनी निकै सादा खाना खान्छन्– उसिनेको आलु, थोरै दाल चामल र दैनिक करेलाको तरकारी वा नीमको सुख्खा पातहरु ।

    _91491827_varanasi-120yearsold-18-passport-aadharपिरो र मसालेदार खाना मननपर्ने उनी दुध र फलफूल पनि खाँदैनन् । यसको कारणमा उनी बताउँछन्, ‘हाम्रो देशमा अहिले पनि धेरै मानिसहरु गरिब छन् जसको भाग्यमा दूध र फलफूल हुँदैन ।’ यसका साथै उनी सम्भोगबाट पनि टाढै भएका कारण आफूले कहिले पनि विवाह नगरेको बताउँछन् । उनी भन्छन्, ‘मेरो गुरुको कृपाले मलाई यसप्रति इच्छा नै भएन । साथै न मलाई कुनै रोग छ, न डिप्रेशन न त कुनै हाइपरटेन्सन ।’

    शिवानन्द सन् १८८६ को ८ अगस्टमा श्रहट्ट जिल्लाको हबीबगंज महकुमा, ग्राम हरिपुरको बाहुबल इलाकामा एक ब्राह्मण परिवारमा जन्मेका थिए । यो ठाउँ अहिले बंगलादेशमा पर्छ ।

    _91491823_varanasi-120yearsold-8उनीसँग अंग्रेजीमा रुपान्तरित उनको कुण्डली, आधार कार्ड र पासपोर्ट पनि छ । उनी प्रवचनका लागि बेलायत, अमेरिका र बंगलादेश गइसकेकमा छन् । उनका अनुसार उनका बुवाआमाले मानिसहरुको ढोकाढोकामा गएर भिक मागेर आफ्नो जीविका चलाएका थिए ।

    उनी भन्छन्, ‘जब म चार वर्षको थिएँ तब मेरा आमाबुवाले मलाई नवद्वीप निवासी बाबा ओंकारनन्द गोस्वामीलाई समर्पित गरिदिए । जब म ६ वर्षको थिएँ तब मेरा आमाबुवा र बहिनीको भोकमरीले ज्यान लग्यो । त्यसपछि मैले मेरो गुरुजीको अधिनमा अध्यात्मको शिक्षा लिन सुरु गरें । उनकै प्रेरणाले मैले विवाह नगर्ने निर्णय लिएँ ।’

    _91491825_varanasi-120yearsold-19बंगलादेशका उनका चेला सत्यहरिदास आफ्नो गुरुको जीवनशैली, स्वस्थ जीवन र लामो आयुबाट निकै प्रभावित भएको बताउँछन् ।

    बनारसमा डिजेल लोकोमोटिवमा टेक्निकल इन्जिनियर जवहारलाद सिंह सन् १९८४ देखि बाबाका भक्त रहँदै आएका छन् । उनी शिवानंदलाई महापुरुष मान्दछन् । डिब्रुगढ (आसाम) का महामुनी जब १० वर्षका थिए त्यतिबेलादेखि नै शिवानंदसँग प्रभावित छन् ।

    शिवानंदका चेलाहरु बाबाको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएको हेर्न चाहन्छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij