प्रकाशित मिति : मङ्लबार, अशोज १८, २०७३
चितवन । चाडपर्वलाई लक्षित गरी दुर्घटना न्यूनीकरण गर्न राजमार्गमा गुडिरहेका गाडी रोकेर चालकको नेत्र परीक्षण सुरु गरिएको छ ।
जिल्लास्थित प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयले संयुक्तरुपमा सवारी दुर्घटना न्यूनीकरण गर्न चालकका लागि दुईदिने नेत्र परीक्षण शिविर सञ्चालन गरिएको ट्राफिक प्रहरी प्रमुख राजन भेटवालले जानकारी दिए ।
सोमबारको नेत्र परीक्षणका क्रममा ६६ चालकको आँखा जाँच भएको र आज पनि शिविर जारी रहेको उनले बताए ।
लायन्स क्लब आफ इन्टरनेसनल तथा नेत्र ज्योति सङ्घको सहयोगमा केन्द्रीय बस पार्कमा आँखा परीक्षण थालिएको हो ।
‘दुर्घटना हुँदा चालकको लापर्बाही, इन्जिन बिग्रियो, ब्रेक फेल भयो मात्रै भन्छौँ, कतै आँखाको कमजोरीले त होइन भनेर नयाँ प्रयोगका रुपमा यात्रुबाहक बसका चालकको आँखा परीक्षण थालेका हौँ”, भेटवालले भने – “कुनै कमजोरी पाइएमा सम्बन्धित बसधनीलाई जानकारी गराउने छौँ ।”
गम्भीर प्रकृतिको अवस्था देखिए सवारी चालकलाई सवारी सञ्चालनमा रोक लगाउने कार्यालय उनले जानकारी दिए ।
शिविरमा रहेका छ चिकित्सकले पूर्व पश्चिम राजमार्गमा सवारी चलाउँदै आएका चालकका गाडी रोकेरै नेत्र परीक्षण गरिरहेका छन्
एक चालक कृष्ण शर्माले आँखा जाँचले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने भन्दै यस्ता कार्यक्रम बेलाबेलामा राख्नुपर्ने बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij