प्रकाशित मिति : मङ्लबार, अशोज १८, २०७३
काडमाडौं । इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसु केवलनेटले आफ्नो चौथो सेल्स आउटलेट काठमाडौंको डिल्लीबजार सञ्चालनमा ल्याएको छ । कम्पनीका सञ्चालक सुरेन्द्र बहादुर श्रेष्ठले आउटलेटको उद्घाटन गरेका हुन् ।
यस स्टेसनवाट सुबिसुले डिल्लीबजार तथा यस क्षेत्र वरिपरिका ग्राहकलाई सुविसु रिटेल सेवासँग सम्बन्धित सम्पुर्ण जानकारी प्रदान गर्ने, सेवाको विक्रि तथा वितरण साथै सेवा पछिको आफ्टर सेल्स सपोर्ट प्रदान गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका ललितपुरको झम्सीखेल, काठमाडौंको रानीबारी, सुकेधारा र डिल्लीबजारमा आउटलेट स्थापना भएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij