प्रकाशित मिति : बिहिबार, अशोज २०, २०७३
काठमाडौं । डा. गोविन्द केसीको मागका विषयमा सरकारको ध्यानाकर्षण गर्न त्रिवि त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को शिक्षण अस्पतालका आवासिय चिकित्सकले आकस्मिक बाहेकका अन्य सेवा ननिदे भएका छन् ।
डा केसीको मागमा समर्थन जनाउँदै उनीहरुले डा. केसीको जीवन रक्षाको माग समेत गरेका छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनशनमा बसेका डा केसीको मागका विषयमा सरकारले कुनै चासो नदिएको भन्दै दबाब दिन उनीहरुले बिहिबारबाट आकस्मिक सेवामा बाहेक अन्य सेवामा सहभागी नहुने भएका हुन् ।
नेसनल रेसिडेन्ट डक्टर्स एसोसिएसनले विज्ञप्ति जारी गर्दै सेवामा सहभागी नहुने जानकारी दिएको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij