मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

मासु खाँदा सावधानी अपनाउन चिकित्सकको सुझाव

  • प्रकाशित मिति : बिहिबार, अशोज २०, २०७३



  • चितवन । मासुको बढी उपभोग हुने दसैँका बेला मासु खाँदा के कस्ता सावधानी अपनाउनु पर्ला ? मुख्य रुपमा पोलेका, तारेका, रसायन प्रयोग गरी प्रशोधन गरिएका मासुले क्यान्सर रोग हुन सक्ने भएकाले यी कुरामा ध्यान पु¥याउन चिकित्सकहरुले सुझाव दिएका छन् ।

    क्यान्सर लाग्ने मुख्य तत्व कार्सिनोजेनिक यस्ता मासुबाट उत्पादन भई दीर्घकालीन रुपमा मानिसमा क्यान्सर हुने उनीहरु बताउँछन् ।

    विगत १७ वर्षदेखि क्यान्सर विशेषज्ञका रुपमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत डा भोलाप्रसाद रौनियार रातो मासुमा बोसो धेरै हुने र त्यसलाई पोल्दा, तेलमा तार्दा र रसायन मिसाएर पकाउँदा कार्सिनोजेनिक उत्पादन भई स्वास्थ्यलाई हानि पुग्ने बताउँछन् । यसले आमाशय र ठूलो आन्द्रामा क्यान्सर बनाउन सक्ने हुँदा यस्ता मासु नखान उनको सुझाव छ ।

    धुवाँमा सेकाएका सुकुटी, तेलमा तारेको तास, सेकुवा र मासु प्रशोधन गरेर रसायन मिसाई बनाइएका परिकारले क्यान्सर निम्त्याउन सक्ने उनले बताए ।

    त्यसो त बढी मासु प्रयोग हुनेबेला मानिसले सूर्ती, चुरोट, रक्सी, मासु एकैसाथ खाने गर्छन् । अलग अलग खानुभन्दा यसरी खाँदा १५ गुणाभन्दा बढी क्यान्सर हुने सम्भावना रहने डा रौनियारले बताए ।
    धुवाँ, मासु र रक्सी एकै ठाउँमा भएपछि यो निकै खतरनाक हुने उनको भनाइ छ ।

    पछिल्लो समय युवा पिँढीमा कोलोरेक्टल क्यान्सर अर्थात् ठूलो आन्द्राको क्यान्सर बढी हुने गरेको रौनियारले बताए ।
    यसको प्रमुख कारण रक्सी, मासु र चुरोट नै रहेका छन् । नेपालमा सबैभन्दा बढी पाठेघरको मुख, स्तन र फोक्सोको क्यान्सर हुने गरेको छ । त्यसपछिको बढी क्यान्सर हुनेमा ठूलो आन्द्रा र आमाशय पर्ने गर्दछन् ।

    चुरोटले अन्न नलीदेखि मलद्वारसम्म क्यान्सर बनाउने उनको भनाइ छ । दसैँको बेला मासु प्रयोग गर्दा, उमालेर र सामान्य तरिकाले पकाएर मात्रै खानुपर्ने रौनियारको सुझाव छ । उहाँले मासु बढी खाँदा रेसादार वस्तुको सेवन पनि बढाउनुपर्ने बताए । फलफूल, सागसब्जी बढी खानुपर्ने बताउँदै उनले पाएसम्म ब्रोकाउलीको प्रयोग बढाउन सुझाव दिए ।

    आज खाएर भोलि क्यान्सर नहुने भएपनि सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ । समयमै क्यान्सर रोग पत्ता लागेमा उपचार सम्भव छ ।

    भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मेडिकल अन्कोलोजी विभागका विशेषज्ञ चिकित्सक डा गुरुशरण साह मासुको खपत कम गर्न सुझाव दिन्छन् । उनले भने – “सम्भव हुन्छ भने मासु नखाँदा नै राम्रो हुन्छ, तर खानैपर्ने भएमा पनि माछा र कुखुराको जस्ता सेतो मासु खानु राम्रो हो ।”

    मासु ग्यास वा दाउरामा पोल्दा हाइड्रोकार्बन उत्पन्न हुने बताउँदै उनले हाइड्रोकार्बनले पेट, आन्द्रा र छालामा क्यान्सर हुन सक्ने खतरा बढी हुने जानकारी दिए। “मासुमा गुलियो पदार्थ र प्रोटिन बढी मात्रामा हुनेहुँदा सिधै आगोमा पोल्दा उच्च तापक्रम उत्पन्न भई त्यसले एक्रिल्यामिडिएस उत्पन्न हुन्छ जुन क्यान्सर रोग गराउन सहयोग हुन्छ” – डा साहले भने।

    भरतपुर अस्पतालका फिजिसियन डा भोजराज अधिकारी रातो मासु विस्थापित नै गर्नुपर्ने बताउँछन् । मासु खानै पर्दा ताजा खानुपर्ने उनको सुझाव छ । मासु राख्दा कि त भुटेर राखिन्छ, कि त फ्रिजमा राख्ने गरिन्छ । यी दुवै तरिका हानिकारक हुने उनले बताए ।
    फ्रिजमा राख्दा कडा सङ्क्रमण फैलिन सक्ने उच्च खतरा हुने र भुटेर राख्दा अपच र पेटमा अन्य समस्या उत्पन्न हुन सक्ने उनको भनाइ छ ।

    मासु एक्लैले भन्दा यसका साधन र साध्यका रुपमा मदिरा र धूमपान अरु खतरनाक हुन्छ । अन्य हल्का खानेकुरा पच्नका लागि १२ देखि १६ घन्टा लाग्छ भने मासुका लागि २४ घन्टासम्म लाग्ने अधिकारीले बताए ।

    नेपालमा अन्य समयमा आवश्यक मात्रामा मासु नखाने भए पनि दसैँको बेला ऋण धन गरेर भए पनि मासु खानैपर्ने र धेरै खाने पुरानो प्रचलन कायमै रहेको छ । स्वदेशमै उत्पादन बढाउन सकिने कुखुरा र माछाभन्दा आयातित खसी, बोका, राँगा र बङ्गुरको मासुको खपत चाडबाडमा अधिक हुने गर्छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij