आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मेरो नाङ्गो शरीरलाई हेर्न मन छ भने पहिले आफूलाई ऐनामा हेर : राधिका आप्टे

  • प्रकाशित मिति : बिहिबार, अशोज २०, २०७३



  • मुम्बई । राधिका आपटे बलिउडकी निकै बोल्ड तथा क्षमतावान नायिका मध्येमा मानिन्छिन् । परम्परागत चलचित्रभन्दा सँधै फरक भूमिकामा देखिने राधिका पछिल्लो चलचित्र पार्चडमा देखिएकी थिइन् ।

    उक्त चलचित्रको एउटा सेक्स सिनको भिडियो लिक भएपछि त्यसको निकै चर्चा भएको थियो ।

    हालै एक कार्यक्रममा त्यही भिडियोको बारेमा एक पत्रकारले उनलाई सोधेपछि उनी निकै रुष्ट बनेकी थिइन् ।

    प्रश्नपछि ३१ वर्षीय नायिकाले ती पत्रकारलाई राम्रै जवाफ सुनाइन् । उनले भनिन्, ‘म एक कलाकार हुँ । मैले केही काम गर्नुपर्छ भने म त्यो गर्छु । यदी तपाइँ आफ्नो यो साँधुरो खोलबाट बाहिर निस्केर हेर्नुभयो भने विश्व सिनेमा के के भइरहेको थाहा पाउनुहुनेछ । त्यहाँका कलाकारहरु के गर्दैछन् । उनीहरु आफ्नो शरीरसँग लाज मादैनन् । यदी तपाँलाई यो थाहा भएको भए तपाइँ यो प्रश्न सोध्न हुन्नथ्यो होला ।’

    पत्रकारले मुम्बाईमा भएको एक पत्रकारसम्मलेनमा लिक भएको सेक्स क्लिपलाई लक्षित गर्दै राधिकालाई चलचित्र हिट बनाउन पछिल्लो समय के कन्ट्रोभर्सी आवश्यक भएको हो भन्ने प्रश्न गरेका थिए ।

    उनले थपिन्, ‘माफ गर्नुहोस्, तर तपाइँको प्रश्न निकै वाहियात छ । कन्ट्रोभर्सी हामीले होइन तपाइँहरुजस्तोहरुले बनाउनुहुन्छ । तपाइँले भिडियो हेर्नुभयो, साथीलाई देखाउनुभयो । तपाइँहरु जस्तोबाट कन्ट्रोभर्सीको शुरुवात हुन्छ ।’

    ‘मानिस, जो आफ्नो शरीरसँग लाज मान्छन्, उनीहरुलाई आरुको शरीरको बारेमा चाँसो हुन्छ । यदी तपाइँलाई मेरो नाङ्गो शरीर हेर्न मन छ भने पहिले आफूलाई ऐनामा नाङ्गो हेरेर आउनुहोस् ।’

    पत्रकार सम्मेलनपछि राधिकासँग ती पत्रकारले माफी मागेपनि उनी भने माफी दिने मुडमा देखिइनन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij