आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बढे रोल्पामा आत्महत्या गर्ने पुरुष

  • प्रकाशित मिति : शनिबार, अशोज २२, २०७३



  • रोल्पा । रोल्पा जिल्लामा आत्महत्या गर्ने महिलाको तुलनामा पुरुष बढी देखिएका छन् । जिल्लामा गत आर्थिक वर्षमा आत्महत्या गर्ने कुल ६६ मध्ये ३८ जना पुरुष रहेका छन् । यसरी आत्महत्या गर्ने बालबालिका तीन र महिला २५ रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्याङ्कअनुसार झुन्डिएर आत्महत्या गर्ने ४३ र विष सेवन गरेर आत्महत्या गर्ने २३ जना रहेका छन् । यसरी आत्महत्या गर्नेहरु सहरी इलाकाभन्दा ग्रामीण इलाकामा बढी हुने देखिएको छ । सहरी इलाकामा आत्महत्या गर्ने १९ जना छन् भने ग्रामीण इलाकाका ४७ जना रहेका छन् ।

    यसैगरी, असोजमा बढी आत्महत्या हुने र असारमा सबभन्दा कम आत्महत्या हुने महिनाका रुपमा तथ्याङ्कमा देखिएको छ । तथ्याङ्कअनुसार असोजमा १० जनाले आत्महत्या गरेका छन् भने असारमा दुईजनाले आत्महत्या गरेका छन् ।

    जातिगतरुपमा सबभन्दा वढी जनजाति समुदायले आत्महत्या गरेका छन् भने ब्राह्मण समुदायबाट आत्महत्या नगरेको देखिएको छ । तथ्याङ्कअनुसार क्षेत्री १७, जनजाति ४० र दलित नौजनाले आत्महत्या गरेको देखिएको छ । आत्महत्या गर्नेमध्ये बहुसङ्ख्यक विवाहित रहेका छन् । कुल आत्महत्यामध्ये ५१ जना विवाहित छन् भने १५ जना अविवाहित देखिएका छन् ।

    आत्महत्या गर्नेमध्ये अधिकांशको कारणमा पारिश्रमिक (पेशा) असफलता देखिएको छ । पारिश्रमिक असफलताका कारण आत्महत्या गर्नेको सङ्ख्या गत वर्ष ३२ जना रहेको छ भने आत्महत्याका अन्य कारण गरिबी, असफल प्रेम, मानसिक असन्तुलन र दीर्घरोगीसमेत रहेको जिल्ला प्रहरी प्रमुख नायब उपरीक्षक रामप्रसाद घर्तिमगरले जानकारी दिनुभयो ।

    आत्महत्या रोक्न सरकारी र गैरसरकारी निकायको समन्वयमा ग्रामीण क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको भएपनि कमी हुन नसकेको घर्तिमगरले बताउनुभयो । आगामी दिनमा राजनैतिक दल, सञ्चारक्षेत्र, सामाजिक संस्था एवम् नागरिक समाजको समेत उपस्थितिमा बृहत् योजना बनाई आत्महत्या न्यूनीकरणका क्रियाकलाप सञ्चालन गरिने उहाँले बताउनुभयो ।

    सामुदायिक सेवा समितिको समेत प्रत्यक्ष संलग्नतामा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको भएपनि यसको न्यूनीकरण हुन नसक्नु चिन्ताको विषय भएको सामुदायिक सेवा समिति, रोल्पाका निवर्तमान अध्यक्ष खटकबहादुर खत्रीले बताउनुभयो ।

    जिल्लामा हुने अधिकांश हत्या र आत्महत्याको कारक मादकपदार्थ सेवनसमेत रहेका कारण यसको न्यूनीकरणमा विशेष कार्यक्रमका साथ लाग्नुपर्ने राप्रपा रोल्पाका उपाध्यक्ष पूर्ण पुनले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij