प्रकाशित मिति : आइतवार, अशोज २३, २०७३
दसैँ हिन्दु धर्मावलम्बीको महान् चाड हो । दसैँलाई परिकारको चाडका रुपमा पनि लिइन्छ । वर्षभरिको थकाइ मार्ने, आफन्तसँग भेटघाट गर्दै मीठा–मीठा परिकार खाने पर्वका रुपमा यसलाई लिइन्छ । दसैँमा लामो छुट्टी हुृने भएकाले घरैमा विभिन्न परिकार बनाएर खान सकिन्छ । दसैँको अवसर पारेर रातोपाटीले मासुका विभिन्न परिकार, स्न्याक्स छिटो–छरितो तरिकाले पकाउने विधि पस्कँदै छ । उल्लिखित परिकार कुपनडोलस्थित ओरेन्ज क्याफेको मेनुमा पर्छ ।
चिकन जिन्जर
आवश्यक सामग्री
– चिकन क्युब (बोनलेस) आठ पिस
– राम्ररी काटिएको टमाटर
– राम्ररी काटिएको प्याज
– लसुन दुई केस्रा
– लामो–लामो काटेको अदुवा (५० ग्राम)
बनाउने तरिका
– कुकिङ प्यानमा सनफ्लावर कुकिङ तेल दुई चम्चा राख्ने
– तेल मनतातो भइसकेपछि राम्ररी काटिएको प्याज, टमाटर तेलमा फुराउने (सानो आगोमा)
– हल्का खैरो भएपछि चिकन क्युब हाल्ने र करिब पाँच मिनेटजति चलाउने ।
– मसलामा धनियाँको धूलो, अलिकति बेसार, नुन र खुर्सानी स्वादअनुसार हाल्ने र १५–२० पकाउने
– यसरी पकाएपछि गोल्डेन कलर आउँछ
– यसपछि बाउल वा प्लेटमा परिकारलाई सर्भ गर्न सकिन्छ र परिकार तयार भइसकेपछि माथिबाट काटिएको लसुन छरेर सजाउने ।
ओरेन्ज मिक्स्ड भेजिटेबल करी
आवश्यक सामगी्र
– उसिनेको आलु तीन/चार पिस
– फ्राइ गरेको पनिर तीन/चार पिस
– सिमी तीन/चार पिस
– काउली तीन/चार पिस
– गाँजर तीन/चार पिस
– राम्ररी काटिएको प्याज
– टमाटरको प्युरी
– जिराको धूलो, अदुवा लसुनको पेस्ट, करी पाउडर
– धनियाँ क्रस
बनाउने तरिका
– एउटा कुकिङ प्यान लिने, त्यसमा दुई चम्चा तेल हाल्ने र प्याज फुराउने
– प्याज फुराइसकेपछि अदुवा, लसुनको पेस्ट, बेसार राख्ने
– आलु, पनिर, सिमी, काउलीलगायत सबै सामग्री हालेर करिब १० मिनेटजति पकाउने
– नुन, खुर्सानी स्वादअनुसार
– त्यसपछि टमाटरको प्युरी हालेर पाँच मिनेटजति छोप्ने
– पाँच मिनेटपछि धनियाँको क्रस हालेर सर्भ गर्ने
ओरेन्ज स्पेसल क्रिस्पी आलु
आवश्यक सामगी्र
– रोजम्यारी
– राम्रे ३ वटा आलु
– मकैको पीठो
बनाउने तरिका
– सबैभन्दा पहिले आलुलाई ताछेर हाल्फ बोइल गर्ने
– त्यसपछि आलुलाई फिङ्गर चिप्स स्टाइलमा काट्ने
– मकैको पीठोलाई पानीमा हालेर लेदो बनाउने, त्यसपछि नुन स्वादअनुसार, रोजम्यारी, अलिकति खुर्सानीको धूलोमा काटिएका आलु मोल्ने
– त्यसपछि तेलमा डिप फ्राइ गर्ने पाँच मिनेटजति
– क्रिस्पी आलु तयार भयो
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij