आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विवाह गर्न पुरूष नपाएपछि…

  • प्रकाशित मिति : आइतवार, अशोज २३, २०७३



  • एजेन्सी । विश्वमा केही यस्ता राष्ट्रहरु छन् जहाँ युवतीको संख्या कम भएका कारण युवकहरु विवाह गर्न पाएका छैनन् ।

    तर, विश्वमा यस्तो पनि राष्ट्र छ जहाँ युवतीहरु युवक नपाएका कारण विवाहित पुरुषसँग विवाह गर्न मरिहत्ते गरिरहेका छन् ।

    सिरियामा भएको गृहयुद्धका कारण पुरुषहरुको संख्यामा कमी आएको छ । लाखौ युवाहरुले देश छाडिसकेका कारण पनि सिरियामा युवाहरुको अनिकाल परेको हो ।

    युवाहरुको कमी भएपछि युवतीहरु विवाहित पुरुषको कान्छी, माइली वा साइली दुलही सम्म बन्न तयार रहेका छन् । सिरियामा रहेका पुरुषहरुको जतिवटी श्रीमति भएपनि युवतीहरु विवाह गर्न राजी हुने गरेका छन् ।

    सन् २०१० को तुलनामा सन् २०१५ मा बहुविवाहको आकडा ह्वात्तै बढेको छ ।

    देशमा पुरुषहरुको संख्या महिलाको भन्दा थोरै रहेको छ । ७० प्रतिशत महिलाहरु त अविवाहित नै रहेका छन् ।

    धार्मिक हिसाबले बहुविवाह एक हल हुनसक्ने भएपनि महिलाहरुको संख्या उच्च भएपछि सजिलै समस्या हल नहुने बताइएको छ । समाजिक सुरक्षाका लागि भनेपनि विवाह गर्न नचहाने महिलाहरु पनि विवाहका गर्न हतारिएको बताइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij