शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

वैकल्पिक ऊर्जाप्रति सर्वसाधारणको आर्कषण बढ्दै

  • प्रकाशित मिति : आइतवार, अशोज २३, २०७३



  • कञ्चनपुर । कञ्चनपुर जिल्लामा सौर्यऊर्जा, गोबर ग्यास र सुधारिएको चुलोप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ ।
    बेला बेलामा विद्युत् भार कटौती हुने र खाना पकाउने ग्यास अभावबाट छुटकारा पाउन वैकल्पिक ऊर्जाप्रति सर्वसाधारणको आर्कषण बढ्दै गएको हो ।
    सरकारी अनुदान र गैरसरकारी क्षेत्रबाट सहयोग पाएपछि कञ्चनपुरमा सुधारिएको चुलो र गोबर ग्यास तथा सौर्यऊर्जा जडान गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको जिल्ला विकास समितिको वैकल्पिक ऊर्जा तथा वातावरण एकाइका अधिकृत दिनेश लम्सालले बताउनुभयो ।

    “परम्परागत चुलोको भन्दा सुधारिएको चुलोमा कम दाउरा खपत हुने, धुँवाबाट बच्न सकिने र गोबर ग्यास प्रगोग गर्दा दाउराको बचत हुने भएकाले सुधारिएको चुलो तथा गोबर ग्यास प्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ” उहाँले भन्नुभयो ।

    उज्यालोका लागि ग्रामीण भेगमा मात्र नभई पछिल्लो समय सहरी क्षेत्रमा समेत सौर्य ऊर्जाको माग अत्यधिक बढ्दै गइरहेको एभरेस्ट इनर्जी सोलुसन कम्पनी प्रालिका प्रबन्ध निर्देशक सुरेन्द्र साउदले बताउनुभयो ।

    कञ्चनपुरमा अहिलेसम्म १५ हजार ५०० बायोग्यास प्लान्ट, १४ हजार सुधारिएको चुलो निर्माणका साथै संस्थागत सौर्य विद्युत् प्रणालीअन्तर्गत साना ठूला गरी एक हजार ३०० सौर्य ऊर्जा जडान गरिएको वैकल्पिक ऊर्जा तथा वातावरण एकाइ कार्यालय कञ्चनपुरको तथ्याङ्कमा छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij