आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हवाईमार्गबाट २० हजारभन्दा बढी यात्रु बाहिरिए

  • प्रकाशित मिति : मङ्लबार, अशोज २५, २०७३



  • काठमाडौँ । दसैँका लगि उपत्यकाबाट हवाईमार्ग हुँदै २० हजार बढी यात्रु बाहिरिएका छन् ।

    फूलपातीदेखि सोमबार महानवमीसम्म २० हजारभन्दा धेरै यात्रु विभिन्न गन्तव्यतर्फ गएको नेपाल वायुसेवा सङ्घले जनाएको छ ।

    सङ्घका प्रवक्ता घनश्याम आचार्यले राससलाई दिनुभएको जानकारी अनुसार फूलपातीयता दैनिक पाँच हजारदेखि पाँच हजार ५०० को हाराहारीमा यात्रु बाहिर गइरहेका छन् । सामान्य अवस्थामा दैनिक तीन हजारदेखि तीन हजार ५०० को हाराहारीमा यात्रु जान्थे । हवाई यात्रु विजयादशमी टीकासम्म बाहिरिने र एकादशीदेखि फर्कने आचार्यले बताउनुभयो ।

    दसैँको चापलाई मध्यनजर गरी निजी वायुसेवा कम्पनीले अतिरिक्त उडान पनि भर्दै आएका छन् ।

    विराटनगर, भैरहवा, लामिडाँडा, खानीडाँडा आदि विमानस्थलमा दैनिक दुई वटासम्म विमानले अतिरिक्त उडान भर्दै आएको प्रवक्ता आचार्यले बताउनुभयो ।

    अहिले नियमितरुपमा हवाईसेवा पु¥याउने मुख्य विमान कम्पनीमा बुद्ध, यति, तारा, सौर्य, सिम्रिक, सीता र गोमा एयरलाइन्स छन् । अन्य कम्पनीले चार्टरमा उडान भर्छन्, एकल इन्जिन भएका विमानले यात्रु बोक्न पाउँदैनन् ।

    नेपालमा निजी क्षेत्रका १७ वटा (विमान र हेलिकोप्टर) कम्पनीले हवाई सेवा दिँदै आएका छन् । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दसैँलाई लक्षित गरी विभिन्न गन्तव्यमा नियमितबाहेक थप दैनिक १२ वटा उडान भर्दै आएको छ । फूलपातीदेखि विजयादशमी टीकासम्म ‘ननसेड्युल’ १२ वटा उडान भर्दै आएको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिनुभयो ।

    निगमले चारवटा विमानबाट आन्तरिक उडान भर्दै आएको छ । यातायातको छिटो र सरल साधन मानिने हवाई मार्गप्रति सर्वसाधारणको आकर्षण र प्रयोगकर्ताको सङ्ख्या बढ्दो छ ।

    हवाई यात्रा नै सुरक्षित यात्रा

    नेपालको भौगोलिक अवस्थिति, सडकको दूरावस्था र मौसमले साथ नदिँदा मानिसको भरपर्दो र आरामदायी विकल्पनै वायुसेवा पर्ने गरेको छ । महँगो भएपनि छिटो र सहज तवरले गन्तव्यमा पुग्न यात्रुले हवाई सेवाको प्रयोग गर्ने गरेको पाईन्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij