शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

पानीको जारदेखि भाँडासम्म : स्वास्थ्यका लागि यसकारण हानिकारक छ प्लास्टिक

  • प्रकाशित मिति : बुधबार, अशोज २६, २०७३



  • प्लास्टिक भाँडा हरेकको भान्छामा प्रयोग हुन्छ । हेर्दा चिटिक्क देखिने, काँस, स्टिलजस्ता धातुभन्दा सस्तो तथा सहज उपलब्ध हुनाले पनि हरेक नेपालीको भान्सामा यसले स्थान पाइरहेको छ । तर, जतिजति यसले स्थान लिँदै गएको छ, मानव स्वास्थ्यका दृष्टिकोणले यो उत्तिकै खतरनाक पनि बन्दै गएको छ । प्लास्टिकको झोला, प्लास्टिकका भाँडा आदिमा हुने रसायनिक तत्वले मानव स्वास्थ्यमा गम्भीर खतरा देखापरेका छन् ।
    शुद्ध प्लास्टिक कुनै हुँदैन । प्लास्टिक वा प्लास्टिकजन्य सामग्रीमा कुनै न कुनै औद्योगिक रसायनको प्रयोग गरिएको हुन्छ । रसायनको प्रयोगले प्लास्टिकलाई कडा वा नरम, पारदर्शी आदि बनाउँछ । प्लास्टिक वा प्लास्टिकजन्य सामग्री बनाउँदा वा यसको प्रशोधन गर्दा यसमा प्रयोग गरिने रसायनको आधारमा यसलाई वर्गीकरण गरिन्छ ।

    प्लास्टिक वा प्लास्टिकजन्य भाँडाहरूलाई सात भागमा विभाजन गरिएको छ । पहिलो नम्बरको प्लास्टिक वा प्रशोधनलाई पोलिइथाइलिन वा पेट बोतल भनिन्छ । त्यस्तै, दोस्रो नम्बरको प्रशोधनलाई हाइडेन्सिटी पोलिइथाइलिन वा एचडीपीई नामकरण गरिन्छ । तेस्रो नम्बरको प्लास्टिकलाई पोलिभिनाइल क्लोराइड वा पीभीसी भन्ने गरिन्छ । चौथौ नम्बरको प्लास्टिकलाई लो डेन्सिटी पोलिइथाइलिन भन्ने गरिन्छ भने पाँचौँलाई पोलिप्रोपाइलिन । छैटौं नम्बरको प्लास्टिकलाई पोलिस्टाइरिन र सातौंलाई पोलिकार्बोनेटेडको नाम दिइन्छ ।

    हुन त प्लास्टिक वा प्लास्टिकजन्य कुनै पनि सामग्रीलाई मानव स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिँदैन । तथापि तीन नम्बरको अर्थात् पीभीसी, ६ नम्बरको प्लास्टिक पोलिस्टाइरिन र सातौँको प्लास्टिक पोलिकार्बोनेटेडलाई भने ज्यादै खतरनाक मानिन्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत सुमन धिताल भन्छन्, ‘तीन, ६ र सात नम्बरको प्लास्टिक स्वास्थ्यका दृष्टिकोणले खतरनाक छन् ।’

    jarपानीका जार खतरनाक

    यस्ता प्रकृतिका प्लास्टिकमा अत्यधिक मात्रामा औद्योगिक रसायन बिसफिनल ए, थाइलाइडस, अक्सिडिन र पोलिकार्बन पाइन्छ, जुन मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुन्छ । अहिलेका २० लिटर जाने पानीका जार यिनै पोलिकार्बोनेटेड केमिकलले बनेका छन्, जहाँ तातो वा चिसो पानी राखियो र खाइयो भने त्यो ज्यादै खतरनाक बन्न सक्छ ।
    जब यस्ता प्लास्टिकजन्य भाँडाहरूमा कुनै न कुनै तरिकाबाट खानेकुरा राख्न प्रयोग गरिन्छ, तब यस्ता प्लास्टिकबाट यी रसायन खानामा पुग्छन् र यसले मानव स्वास्थ्यलाई गम्भीर हानि गर्छ । यसले शरीरमा एलर्जी हुनेदेखि जन्मने बच्चामा शारीरिक तथा मानसिक पक्षघात र वंशाणुगत परिवर्तनसम्म गर्न सक्ने बताउँछिन्, वीर अस्पतालकी वंशाणुगत रोग विशेषज्ञ डाक्टर निलम ठाकुर ।

    खतरनाक रसायन
    बिसफिनल ए अर्थात् बीपीए एक प्रकारको औद्योगिक रसायन हो, जसले मानव जीनवमा वंशाणुगत परिवर्तनसम्म ल्याउन सक्छ । प्लास्टिकका भाँडालाई आकर्षक, मुलायम वा कडा बनाउन प्रयोग गरिने यस्ता रसायनले कार्सियोजिनक अर्थात् क्यान्सरजन्य रोग निम्त्याउन सबैभन्दा बढी सहयोग गर्ने दाबी गर्छिन्, डाक्टर ठाकुर ।

    शरीरको हर्मोन नै परिवर्तन गर्न सक्ने
    प्लास्टिकका भाँडाले मानव शरीरको हर्मोनलाई नै परिवर्तन गराउने हुन्छ । यसको असर कतिलाई तत्काल देखिन्छ भने कतिपयलाई भावी पुस्तामा यो असर देखिन सक्छ । यी रसायनले इस्ट्रेजोन अर्थात् महिलाका शरीरमा हुने हर्मोनलाई वृद्धि गर्ने हुँदा महिलामा पुरुष व्यवहार र पुरुषमा महिला व्यवहार पनि देखिन सक्ने दाबी गर्छिन्, डाक्टर निलम ठाकुर ।
    प्लास्टिकका भाँडालाई राम्रो कदापि मानिँदैन । यसमा हुने रसायन तातो वा चिसोमा बढी पग्लने वा खानामा मिसिने गर्दछ । जसले कतिपयलाई तत्कालै असर देखिन्छ भने कतिपयलाई कालान्तरमा । तर राम्रो देखिने, सस्तो तथा सहज उपलब्ध हुनाले नेपाली भान्सामा यसको प्रयोग दिनानुदिन बढ्दो छ, जसले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने निश्चित छ ।

    गर्भवती महिला र बालबालिकालाई बढी असर
    प्लास्टिकको भाँडा सहज त छ, तर यसले मानव स्वास्थ्यमा निकै प्रतिकूल असर पु¥याउने गर्छ । तीन वर्षभन्दा कम उमेरका बालबालिकालाई यसकै कारण धेरै रोग लाग्छ । प्लास्टिक वा प्लास्टिकजन्य भाँडामा पाइने विभिन्न रसायनले बालबालिकालाई बढी हानि पु¥याउँछ ।
    प्लास्टिकका भाँडामा पाइने रसायनले जो–जो कमजोर छन्, उनीहरूलाई नै बढी हानि गर्ने गर्छ । प्रतिरक्षा प्रणाली कमजोर हुने बालबालिका तथा गर्भवती महिलालाई यसले सबैभन्दा बढी असर गर्छ । साना बालबालिकाको प्रतिरक्षा प्रणाली ज्यादै कमजोर हुन्छ । यस्ता भाँडाको प्रयोगले सबैभन्दा बढी नोक्सानी त आमाको पेटभित्र हुने बच्चालाई पु¥याउँछ । जन्मने बच्चामा मानसिक पक्षघात, शारीरिक अपांगता, मुटुसम्बन्धी रोग आदि देखापर्न सक्छ । त्यस्तै, युवती वा गर्भवती महिलामा स्तन क्यान्सर हुने पनि खतरा रहन्छ । अन्य महिला र पुरुषमा मधुमेह, मुटुसम्बन्धी रोग, घाँटीको क्यान्सर, धेरै रिस उठ्ने र प्रजनन क्षमतामा समेत असर गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत सुमन धिताल बताउँछन् ।
    plastic-utensils-001खाद्य अनुसन्धान अधिकृत सुमन धिताल मात्रै होइन, वंशाणुगत रोग विशेषज्ञ डाक्टर निलम ठाकुर पनि प्लास्टिकजन्य भाँडाले महिला र बालबालिकालाई नै बढी असर गर्ने बताउँछिन् । प्लास्टिकको धेरै प्रयोगले शरीरको कुनै एक भाग मात्रै नभएर पूरै बनावटलाई नै परिवर्तन गराउन सक्ने उनको चेतावनी छ । गर्भवती महिला र बालबालिकालाई बढी असर गर्ने भन्दै यसले आँखा, मिर्गौला आदिलाई पनि असर पु¥याउने डाक्टर ठाकुर बताउँछन् ।

    बच्चा अपांग बन्न सक्छ
    महिलाहरू गर्भवती हुँदा धेरै हर्मोनहरूको परिवर्तन भएको हुन्छ भने प्रतिरक्षा प्रणाली पनि कमजोर भएको हुन्छ । यस्तो समयमा यी केमिकलको प्रयोग बढी भएमा यसले प्रजनन् क्षमतामा असर गर्ने र जन्मँदै बच्चाहरू अपांग पनि हुन सक्ने चेतावानी दिन्छिन्, वंशाणुगत रोग विशेषज्ञ डाक्टर निलम ठाकुर ।
    त्यसो त प्लास्टिकजन्य भाँडाको प्रयोग गर्नुहुँदैन वा कमै प्रयोग गर्नुपर्छ भन्ने धेरैलाई थाहा छ । यद्यपि कतिपय शिक्षित भनिएका परिवारले पनि प्लास्टिकको प्रयोग गर्न छाडेका छैनन्, न त प्रयोगमा कमी नै ल्याएका छन् । सस्तो, राम्रो र सहज उपलब्धताले प्लास्टिकजन्य भाँडाको प्रयोग दिनानुदिन बढिरहेको छ ।
    प्लास्टिक राम्रो होइन वा छैन भन्ने धेरै सुनिन्छ । तर, यसको प्रयोगमा कमी आएको छैन । कतिपय मानिस प्लास्टिकले वातावरण प्रदूषण गराउँछ भन्ने मात्रै बुझ्छन्, जसको असर आफूले मात्रै भोग्नुनपर्ने ठान्छन् । तर, व्यक्ति स्वयंलाई हानि गर्छ प्लास्टिकले । त्यसैले सकेसम्म प्लास्टिकको प्रयोग नगर्न र गरे पनि ज्यादै कमै प्रयोग गर्न सुझाव छ वंशाणुगत रोग विशेषज्ञ डाक्टर निलम ठाकुरको ।
    यता खाद्य अनुसन्धान अधिकृत पनि प्लास्टिकबाट पूरै तर्सिन भने नपर्ने बताउँछन् । प्लास्टिकका भाँडा खतरामुक्त त हुँदै होइन, तर तत्कालै यसको प्रयोग नै बन्द गर्न पनि सम्भव छैन । तर प्लास्टिकका भाँडामा तातो खानेकुरा नराख्न, प्लास्टिकलाई नबाल्न र सकेसम्म कम प्रयोग गर्न सुझाव दिन्छन् उनीहरू ।
    प्लास्टिक भनेको तरकारी बोक्ने झोला मात्रै होइन । प्लास्टिकबाट बनेको भाँडा, मेलामाइन वा सेरामिक्सको भाँडाका बाहिर लगाइने रसायन पनि यस्तै प्रकृतिका हुन् । यसर्थ यस्ता भाँडाको प्रयोगमा कमी ल्याउँदै हाम्रो भविष्य स्वस्थकर र सुरक्षित बनाउनु जरुरी छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij