प्रकाशित मिति : शुक्रबार, अशोज २८, २०७३
नेपालगञ्ज । आर्थिक अभावका कारण एक गर्भवती महिलाको उपचारमा समस्या देखिएको छ । ६ महिनाकी गर्भवती रहेकी नेपालगञ्ज मनिकापुर–४ की पावर्ती बिक आर्थिक अभावका कारण जीवन–मरणको दोसाधमा बाँच्न बाध्य भएकी हुन् ।
दिपेन्द्र थापासँग अन्तरजातीय विवाह गरेकी पावर्तीलाई विगत १० दिनदेखि रक्तश्रावको समस्या देखिएको छ । दिसा–पिसावदेखि वान्ता गर्दा समेत रगत बगिरहेको छ ।
उपचारका लागि उनलाई भेरी अञ्चल अस्पताल र कोहलपुरस्थित अस्पताल लगेपनि त्यहाँ उपचार सम्भव नभएपछि डाक्टरहरुले उनलाई काठमाडौँस्थित वीर अस्पताल रेफर गरिएको छ ।
अत्याधिक रक्तश्रावका कारण बच्चासमेत चल्न बन्द भएको डाक्टरहरुले बताएका छन् ।
प्रधानमन्त्री कार्यालयको सहयोग
काठमाडौं लैजाने पैसा नभएपछि नेपाल प्रेस सेन्टरकी उपाध्यक्ष लक्ष्मी पुनको पहल तथा प्रधानमन्त्री कार्यालयको निर्देशनमा बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले नेपालगञ्जबाट काठमाडौं पुर्याउन हवाई टिकटको व्यवस्था मिलाइदिएका छन् । पार्वतीलाई आजै वीर अस्पताल ल्याइँदैछ ।
तर, आर्थिक अभावका कारण उपचारमा अप्ठ्यारो हुने भन्दै उनका पती दिपेन्द्रले सहयोगको अपिल गरेका छन् । यदी तपाइँ पार्वतीलाई सहयोग गर्न चाहनुहुन्छ भने उनको पतिलाई सम्पर्क गर्न सक्नुहुनेछ । उनको मोबाइल नम्बर ९८१६५६२२४७ रहेको छ ।
यदी यसमा सम्पर्क नभए उपचारमा सहयोग गरिरहेकी पुनसँग ९८५११८५५७४ मा पनि सम्पर्क सक्नुहुनेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij