प्रकाशित मिति : शुक्रबार, अशोज २८, २०७३
ग्राहकहरुको अन्तरंग तस्विर चोरेर सेयर गरेको आरोपमा अस्ट्रेलियाको ब्रिसबेनस्थित एप्पल स्टोरका कयौं कर्मचारीलाई कम्पनीले निश्काषित गरेको छ ।
ब्रिसबेनको कुरियर मेलले प्रकाशित गरेको रिपोर्टमा ती कर्मचारीहरुले महिला ग्राहक तथा सहकर्मीको अन्तरंग तस्विरहरु चोरेर उनीहरुको शरीररलाई १० अंकमा कति अंक दिने भन्ने खेल खेल्ने गरेको उल्लेख छ ।
रिपोर्ट प्रकाशित भएपछि केही कर्मचारीहरु निश्कासित गरिएको र छानविन शुरु गरेको एप्पलले जनाएको छ ।
कुरियर मेलले कम्तिमा १०० जनाको तस्विरहरु एप्पलका कर्मचारीहरुले चोरेको दाबी गरेको छ । फोन बनाउन आएका एक ग्राहकको तस्विरहरु हेरिरहेको एप्पलकै अर्को कर्मचारीले देखेपछि उक्त कुराको खुलासा भएको बताइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij