प्रकाशित मिति : शनिबार, अशोज २९, २०७३
नेपालले राष्ट्रिय महिला क्रिकेट टिम आईसीसी महिला विश्व कप २०१७ को एसियाली छनोटमा शनिबार चीनलाई चार विकेटले पराजित गरेको छ ।
मोङकोकमा भएको अन्तिम खेलमा नेपालले चीनलाई १५ बल बाँकी छँदै पराजित गरेको हो । डबल लिगका आधारमा सञ्चालित विश्व कपको एसियाली छनोटमा नेपालको यो तेस्रो जित हो । आज नेपालले जित हात पारे पनि शुक्रबार थाइल्याण्डसँग हार ब्यहोरेको कारण नेपाल विश्व कपको एसियाली छनोटबाटै बाहिरिएक छ ।
शनिबार बिहान टस जितेर पहिले व्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८५ रन बनाउन सफल भयो । चीनको तर्फबाट फेङफेङ सङले सर्वाधिक ३४ रन बनाइन् । यस्तै जाउ मियाओले १८ र चाइ युडियनले १० रन बनाइन् । अन्य व्याटस्म्यानले दोहोरो अंक बटुल्न सकेनन् ।
नेपालको तर्फबाट बलिङ गर्ने क्रममा रुविना क्षेत्रीले २ विकेट लिइन् । उनले ४ ओभर बलिङ गर्दै १० रन मात्रै खर्चिन् ।
यसैगरी निर्मला कुमारी र करुणा भण्डारीले १/१ विकेट लिए ।
८६ रनको विजय लक्ष्य पाएको नेपालले ६ विकेट गुमाउँदै १५ बल अगावै उक्त लक्ष्य प्राप्त गर्यो ।
नेपालको तर्फबाट नेरी थापाले सर्वाधिक २२ रन बनाइन् भने सिता राना मगरले २० रन बनाइन् ।
चीनको तर्फबाट ५ जना बलरले १/१ विकेट लिए ।
खेलको ‘प्लेयर अफ दि म्याच’ रुविना क्षेत्री भइन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij