प्रकाशित मिति : आइतवार, अशोज ३०, २०७३
काठमाडौं। विश्वभरका धेरैजसो मानिसहरु रेस्टुरेन्टमा गएर विभिन्न किसिमका चिकेनका परिकारहरु खाने गर्छन् । कसैका घरमा अर्डर गरेकै भरमा चिकेन आइटम पुग्छ ।
अब सोच्नुहोस, खाइसकेपछि चिकेनको साटो अर्को कुनै अजीब कुरा आफूले खाएको थाहा पाउनु भयो भने तपाईंको अवस्था कस्तो होला ? सायद तपाईंको होस नै उड्ला ।
पोपेएस विश्वभर आफ्नो फ्राइ चिकेनका लागि प्रख्यात छ । कयौं देशमा मानिसहरु दैनिकजसो यसका चिकेन आइटम खान रेस्टुरेन्ट पुग्छन् ।
तर अमेरिकाकी एक महिला र उनको परिवारका लागि केही दिनअघि फ्राइ चिकेन खाना कुनै डरलाग्दो सपना भन्दा कम थिएन ।
न्युयोर्कमा बस्दै आएकी रोजम्यारी थोमसले अन्य दिनको जस्तै रेस्टुरेन्टमा फ्राइ चिकेनको अर्डर दिएकी थिइन् । अर्डर गरेपछि आएको चिकेन खाने क्रममा उनलाई असहज महसुस भएको थियो ।
खाँदा खाँदै फरक खालको गन्ध आएपछि जब उनले चिकेनतर्फ नियालेर नजर लाइन् उनको होस नै उड्न पुग्यो ।
किन कि उनले खाँदै गरेर हातमा बोकेको चिकेन फ्राइमा मुसाको टाउको थियो । त्यसपछि उनीसँगै रेस्टुरेन्टमा चिकेन फ्राइको स्वाद लिइरहेका अन्य मानिस पनि तर्सिन पुगे ।
त्यसपछि मात्रै मानिसलाई थाहा भयो कि चिकेन फ्राइको नाम दिएर मुसाको मासु खुवाइरहेको कुरा थाहा हुन पुगेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij