शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

ट्याटूमा प्रयोग हुने मसी घातक (अनुसन्धान)

  • प्रकाशित मिति : आइतवार, अशोज ३०, २०७३



  • एजेन्सी। आजभोलि युवायुवतीले शरीरका विभिन्न भागमा आर्कषक ट्याटु खोप्ने संस्कार बढ्दो छ । तर ट्याटुमा प्रयोग हुने मसीले गम्भीर स्वास्थ्य सम्बन्धी समस्या निम्त्याउने विज्ञहरुले चेतावनीदिएका छन् । पछिल्ला वर्षमा ट्याटुमा प्रयोग हुने मसी झन् घातक हुने गरेको उनीहरुको भनाई छ ।

    विशेषगरी अमेरिकाबाट निर्यात गरिने टाटुको मसीमा स्वास्थ्यका लागि गम्भीर हानिकारक रसायन मिसाईएको रिपोर्टमा उल्लेख छ । मसीमा क्यान्सर निम्त्याउने हानिकारक रसायन लगायत अन्य खतरनाक तत्वहरु पाईने गरेको अध्ययनमा उल्लेख छ ।

    युरोपेली आयोगको संयुक्त अनुसन्धान केन्द्रको रिपोर्टअनुसार मसीमा आर्सेनिक, लीड, निकेल, अर्गानिक कम्पाउन्ड, व्याक्टेरिया र अन्य सम्भावित हानिकारक तत्वहरु पाइन्छ ।  युरोपेली युनियन (ईयु) अन्तर्गतका मुलुकमा प्रयोग भइरहेका मसीको बारेमा गम्भीर समीक्षा गर्न पनि रिपोर्टले आव्हान गरेको छ । ट्याटुमा  अहिले प्रयोग भइरहेको मसीमा नियन्त्रण गर्न पनि विज्ञहरुले सुझावदिएका छन् ।

    रिपोर्ट सार्बजनिक भएपछि इयुले टाटुको मसीको सुरक्षाबारे अनुसन्धान गर्न युरोपेली केमिकल निकायलाई अनुरोध गरेको छ । ‘ट्याटुको मसी र स्थायी मेकअप (पीएमयु) मा खतरनाक तत्व जस्तै क्यान्सर बनाउने, जेनेटिक परिवर्तन, प्रजननमा उत्तेजक असर, एलर्जीलगायत स्वास्थ्यमा अन्य गम्भीर असर पार्ने तत्वहुन सक्छन्,’ अध्ययनमा भनिएको छ ।

    धेरै अमेरिकी नागरिकले ट्याटुप्रति चासो बढाईरहेकै बेला रिपोर्ट सार्बजनिक भएको हो । सर्बेक्षणअनुसार अमेरिकामा हरेक ३ मध्ये १ जना बयस्कले ट्याटु खोप्छन् ।

    अमेरिकाको खाद्य तथा औषधिसम्बन्धी प्रशासन एफडीएले ट्याटुको मसीप्रति गम्भीर चासो जनाएको छ । ट्याटुमा प्रयोग हुने भर्जिन इन्क व्याक्टेरिया संक्रमित भएको पाइएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij