प्रकाशित मिति : आइतवार, अशोज ३०, २०७३
सन् २०११ मा काठमाडौंकी २० वर्षीया मोडल न्यूयोर्कस्थित प्रमुख अन्तर्राष्ट्रिय एजेन्सीमा आबद्ध हुने पहिलो नेपाली बनिन् । विल्हेल्मिना मोडल एजेन्सीसँग तीन वर्षको सम्झौता गरेपछि उनी अमेरिका प्रस्थान गरिन् र त्यसपछिका दिनहरु इतिहास बने । उनी अमेरिकाकी निकै चर्चित मोडल हुनुका साथै एक समाजसेवी पनि हुन् जसले नेपालको विनाशकारी भूकम्पमा हज्जारौंका लागि राहत रकम जुटाइन् । उनी हुन्, नेपाली चेली वर्षा थापा ।


सन् २०११ को न्यूयोर्क फेसन विकबाट आफ्नो मोडलिङ करियरको सुरुवात गरेकी वर्षाले अमेरिकाका निकै चर्चित ब्राण्डसँग सहकार्य गरेकी छिन् । उनले कुनै दिन भिक्टोरिया सिक्रेटको मोडल बन्ने सपना साँचेकी छिन् ।
अन्तर्राष्ट्रिय मोडलिङ क्षेत्रमा वर्षा थापाको नाम शीर्ष स्थानमा आउँछ । उनका न्यूयोर्क फेसन विक र पेरिस फेसन विकका केही झलक प्रस्तुत गरिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij