आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मिस इकलेज २०१६ को लागि आवेदन फारम खुल्ला

  • प्रकाशित मिति : आइतवार, अशोज ३०, २०७३



  • काठमाडौं   । विगत ७ वर्ष देखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको सिजन मिडिया प्रा.लि.ले मिस ईकलेज २०१६ को सातौैं संस्करणको लागि आवेदन फारम खुल्ला गरिएको जानकारी दिएको छ ।
    उपत्यका लगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ वर्ष देखि २४ वर्ष सम्मका छात्राहरुलाई मध्यनजर राखि मिस ईकलेज २०१६”े को आयोजना गर्न लागिएको सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदिपराज वन्तले बताए ।

    कलेज स्तरका युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको जानकारी र सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपायोगी जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम गरिएको उनले बताए ।

    विगत ७ वर्षदेखि काठमाण्डौमा रहेर विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले गरेको यो सातौ चरणको लागि आवेदन फारम खुल्ला गरेको हो ।
    उक्त कार्यक्रममा विभिन्न कलेजहरुवाट ३० जना प्रतियोगीहरुलाई सहभागी गराइने बताइएको छ ।

    उक्त कार्यक्रमको लागि सहभागीताको लागि मंसिर पहिलो साता सम्म आवेदन फारम सिजन मिडियाको कार्यालय पुतलीसडकमा भर्न सकिनेछ ।
    प्रतियोगीताको अन्तिम प्रतिस्पर्धा पौषको द्रोस्रो साता राजधानीमा सम्पर्न हुनेछ ।

    प्रतियोगिताका विजेताले “मिस ईकलेज २०१६” कोे ताज उपाधि सहित रु एकलाख ७५ हजार पर्ने स्कुटर र उच्च शिक्षामो छात्रावृत्ति पाउने छिन साथै अन्य गिफ्टहयाम्पर पाउने छन । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने मोवाइल तथा विभिन्न गिफ्टहयाम्परहरु तथा छात्रावृत्ति आदि प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न २० विधामा पनि विजेता छनौट गरिने सिजन मिडियाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij