आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रक्सी पिएको एक घण्टाभित्र टाउकोदेखि खुट्टासम्म यस्तो हुन्छ असर

  • प्रकाशित मिति : आइतवार, अशोज ३०, २०७३



  • रक्सीको ३० मिलिलिटरको एक पेगमा १०० क्यालोरी हुन्छ । लिमिटभन्दा बढि पिउँदा तौल तीव्र रुपमा वृद्धि हुन्छ । तर यसको यही एउटा मात्र नकारात्मक पक्ष भने होइन । खाली पेटमा रक्सी पिउँदा यसले स्वास्थ्यमा ठूलै असर पुर्याउने गर्दछ । जर्नल फिजिशियन दीपक चर्तुवेदीले रक्सी पिएको एक घण्टाभित्र शरिरमा हुने असरबारे जानकारी दिएका छन् । यसका साथै टाउकोदेखि खुट्टाको भिन्न भिन्न अंगमा यसको नकारात्मक असरको बारेमा उनले चर्चा गरेका छन् ।
    रक्सी पिउने बित्तिकै ब्रेन डोपामाइन हर्मोन रिलिज हुन्छ ।

    के गर्दछ डोपामाइनले ?
    डोपामाएनले रक्तसंचारमा वृद्धि हुन्छ जसले रक्तचापको स्तर बढ्ने गर्दछ । यसका साथै मुटुको घड्कन पनि बढ्ने गर्दछ ।
    जब रक्सीको असर बढ्न थाल्छ, तब…

    रगतमा सुगरको स्तर कम हुन्छ जसले आँखा धमिलो हुन थाल्छ र फोकस कम हुने गर्दछ ।

    कार्टिसोल हर्मोनको स्तर बढ्छ । यसले तनाव पनि बढाउँछ ।

    रक्सीले मस्तिष्कमा पुर्याउने असरः
    यसले मस्तिष्क घातको समस्या निम्त्याउन सक्छ र स्मरणशक्तिमा कमी आउँछ ।

    आँखामा असरः
    आँखा धमिलो हुनसक्छ, रातो हुन सक्छ ।

    मुखः
    मुखको क्यान्सर हुन सक्छ ।

    गलाः
    गलाको क्यान्सर हुनसक्छ । गलामा रक्तश्राव पनि हुनसक्छ ।

    फोक्सोः
    सास फेर्न समस्या हुनसक्छ ।

    मुटुः
    रक्तचाप बढ्न सक्छ । मुटुको धड्कन एकनाशको हुँदैन ।

    कलेजोः
    कलेजो बिग्रन सक्छ । यसमा बोसो जम्नसक्छ ।

    पेटः
    अपचको समस्या हुनसक्छ । एसिडिटी हुनसक्छ ।

    हड्डीः
    हड्डी कमजोर हुनसक्छ । सजिलै टुट्न सक्छ ।

    मांसपेशीः
    मांशपेशी कमजोर हुनसक्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij