आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘मेरो पैसा खै’मा बलिउड फिल्म ‘भुतनाथ’का निर्देशक विवेक

  • प्रकाशित मिति : बुधबार, कार्तिक ३, २०७३



  • काठमाडौं । वलिउड निर्देशक विवेक शर्माले नेपाली फिल्म निर्देशन गर्ने भएका छन् । फिल्म ‘भुतनाथ’ निर्देशन पछि चर्चामा आएका निर्देशक शर्माले निर्माता, निर्देशक ,कलाकार रोज राणाको नयाँ फिल्म ‘मेरो पैसा खै’ निर्देशन गर्ने भएका हुन् ।

    मंगरबार अबेर राजधानीमा आयोजित एक कार्यक्रममा फिल्म ‘मेरो पैसा खोई’ घोषणा भयो । ११ भाषामा डबिङ गरेर भारत र नेपाल एकसाथ रिलिज गरिने फिल्म नेपालका लागि ‘मेरो पैसा खोई’ र बलिउडका लागि हिन्दी नाम ‘मेरे पेसे कहाँ हे’ राखिने छ ।

    बलिउड सुपरस्टार अमिताभ बच्चन र शाहरुख खान जस्ता कलाकारसँग काम गरिसकेका शर्माले नेपाली फिल्म पैसाको लागि भन्दा पनि नाम र इज्जतको लागि बनाउन लागेको बताए । ‘पैसाले हरेक ब्यक्तिको जीवनमा उतार चढाप ल्याउने गर्दछ ।

    यो नै मेरो फिल्मको बिषय बस्तु हो’ निर्देशक शर्माले फिल्मको कथा खुलाए ।
    प्रेम र कमेडी बिषय पनि समेटिने यो फिल्म रेदाअंश सिने आर्ट्सको व्यानरमा बन्ने छ । फिल्मको लागि निर्माताको तर्फबाट गर्नु पर्ने तयारी आफुले पुरा गरेको निर्माता रोज राणाले बताए । हालै ‘जय परशुराम’ निर्माण निर्देशन गरेका राणाले निर्माण र कलाकार आफ्नो कुनै हस्ताक्षेप नहुने सुनाए ।

    फिल्ममा आधा नेपाली र आधा बलिउड कलाकार समेटिने छन् । नेपाली कलाकार अडिसन बाट छनोट गर्ने कार्यक्रममा जानकारी दिइयो । फिल्मको लागि अहिले द्वन्द्वमा चन्द्र पन्त अनुबन्धित भएका छन्

    । फिल्म नेपालका मुस्ताङ, पोखरा, काठमाडा र भारतका मुम्बईका बिभिन्न लोकेशनमा खिचिने छ ।
    निर्देशक शर्माले ‘भूतनाथ’, ’कल किस्ने देखा’ निर्देशन गरेका छन् भने उनको फिल्म ‘बुद्दम शरणम गच्छामी’निर्माणको क्रममा छ । शाहरुख खानको फिल्म निर्माण कम्पनी रेड चिल्लिजमा प्रमुख हर्ताकर्ताको रुपमाकाम गरेका उनको आफ्नै ‘फिल्मजोन’ नामक निर्माण कम्पनी रहेको छ ।

    निर्देशक शर्माले बलिउड फिल्म ‘बुद्धम शरणम गच्छामी’को तयारीमा व्यस्त छन् । यो फिल्ममा सुपरस्टार अमिताभ बच्चन नै लिड अभिनयमा रहने बताईएको छ । शर्माले ’कल किस्ने देखा’नामको फिल्म पनि यसअघि नै निर्देशन गरिसकेका छन् भने वलिउडका माथी उल्लेखित दुई र अर्को ’लभ यू हमेशा’ नामको फिल्मको उनी कथा लेखक पनि हुन् ।

    फिल्म नेपाली र हिन्दीको अलवा अन्य ११ भाषामा पनि डबिङ्ग गरिनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij