प्रकाशित मिति : बुधबार, कार्तिक ३, २०७३
1-बच्चा जन्मिएको आधा घन्टाभित्र निस्किएको पहेँलो दूध बच्चालाई खुवाउँदा अति नै पौष्टिक हुन्छ ।
2-बच्चालाई ६ महिनासम्म आमाको दूधबाहेक अन्य कुरा खुवाउनु हुँदैन ।
3-बच्चालाई प्रत्येक दुईदेखि तीन घन्टाको फरकमा स्तनपान गराउनुपर्छ ।
4-जति स्तनपान गरायो त्यति नै बढी दूध आउँछ । स्तनपान नगराएमा आफैँ सुकेर जान्छ ।
5-कतिपय समाजमा पहिलो बिगौती दूध खुवाउन हुँदैन भनेर निचोरेर फाल्ने चलन छ । यो नवजात शिशुलाई सबैभन्दा राम्रो रोग प्रतिरोधात्मक औषधि हो ।
6-जुन बच्चाले प्रशस्त मात्रामा स्तनपान गरेको छ, सो बच्चा तीक्ष्ण हुन्छ ।
7-आमाको दूधमा बच्चालाई चाहिने प्रोटिन कार्बोहाइड्रेड, फ्याट, मिनरल्सलगायत सम्पूर्ण सन्तुलित आहार पाइन्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij