शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

घरमा राखिने यस्ता ८ अशुभ तस्बिर जसले बढाउँछ गरिबी र दुर्भाग्य

  • प्रकाशित मिति : बिहिबार, कार्तिक ४, २०७३



  • धेरै मानिसहरुलाई आफ्नो घरमा भिन्न प्रकारको तस्बिर टाँस्ने शौख हुन्छ । यस्तो अवस्थामा कुन तस्बिरलाई राख्नुहुन्छ र कुन तस्बिरले घरमा नराम्रो प्रभाव पार्छ त्यसको निर्णय लिन मुश्किल हुन्छ । यदि तपाईंको घर वा पसलमा पनि यी ८ तस्बिर छन् भने यसलाई तुरुन्त हटाइदिनुहोस् ।

    flowing-waterबगिरहेको पानी वा झरनाको तस्बिरः
    घरमा बगिरहेको पानी वा झरनाको तस्बिर नराख्नुहोस् । बगिरहेको पानीको तस्बिर घरमा भए यो आर्थिक नोक्सानीको कारण बन्न सक्छ । जुन घरमा यस्तो तस्बिर हुन्छ, त्यहाँ धन संञ्चित हुँदैन ।
    wild-animalsहिंस्रक जनावरको तस्बिरः
    आजकाल जनावरको पेन्टिङ घरमा राख्ने चलन रहेको छ । हेर्दा निकै आकर्षित देखिने यी तस्बिरले घरमा नकारात्मक असर पुर्याइरहेको हुन्छ । यसले घरमा झगडा र हिंसा बढ्ने गर्दछ ।
    natrajनटराजको तस्बिरः
    लगभग हरेक डान्सरको घरमा नटराजको मूर्ती हुन्छ । यसमा भगवान् शिव ताण्डव नृत्यको मुद्रामा हुन्छन् जुन विनाशको सूचक मानिन्छ । त्यसकारण यसलाई घरमा राख्नु हुँदैन ।
    crying-babyरोइरहेको र तनावमा भएको बच्चाको तस्बिरः
    आजकाल मोर्डन आर्टको नाममा थुप्रै अचम्मका तस्बिर बनाउने चलन रहेको छ । थुप्रै मानिसको घरमा रोइरहेको बच्चाको तस्बिर पनि सजाइन्छ । यस्तो तस्बिर भित्तामा टाँस्दा दुर्भाग्य बढ्छ ।
    sinking-boatडुब्न लागेको डुङ्गाको तस्बिरः
    डुब्न लागेको डुङ्गा यदि घरमा राखिन्छ भने यसले तपाईंको सौभाग्य पनि डुबाउँछ । घरमा राखिएको डुब्न लागेको डुङ्गाको तस्बिर वा सो–पिसले घरको सम्बन्धमा नराम्रो असर पार्दछ ।
    tajmahalताजमहलको तस्बिरः
    ताजमहल निकै सुन्दर हुन्छ तर यसको तस्बिर वा सो–पिस घरमा राख्दा नकारात्मता फैलिन्छ । यसको सिधा सम्बन्ध मृत्युसँग जोडिएको हुन्छ त्यसकारण यसलाई घरमा नराख्नुहोस् ।
    mahabharatमहाभारतको तस्बिरः
    महाभारत पूजनीय ग्रन्थी हो तर यसलाई घरमा राखिनु अशुभ मानिन्छ । महाभारत युद्धसँग सम्बन्धित कुनै पनि तस्बिर घरमा राख्दा तनाव र लडाईं–झगडाको स्थिती पैदा हुन्छ ।
    civil-war-battle-clipart-wallpaper-2कुनै पनि युद्धलाई दसाउने तस्बिरः
    घरमा कुनै पनि युद्ध, पिशाच वा जादूगरको तस्बिर राख्नु हुँदैन । यसो गर्नाले घरको शान्ति भंग हुन्छ । घरको सदस्यबिचको आपसी प्रेम र विश्वासमा असर पर्दछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij