प्रकाशित मिति : शुक्रबार, कार्तिक ५, २०७३
धुवाँधुलोको संक्रमणबाट पिनास हुन सक्छ ।
कहिलेकाहीँ नाकको बनावटको खराबीले पनि पिनास हुन सक्छ ।
पिनास हुँदा टाउको दुख्ने, नाक बन्द हुने, नाकबाट पहेँलो पानी बगिरहने तथा सास फेर्न गाह्रो हुने हुन्छ ।
पिनास बढ्दै जाँदा त्यसको संक्रमणले आँखालाई पनि असर पर्छ ।
धेरै लापरबाही गर्दा दिमागमा असर गर्न सक्छ ।
सुरुकै अवस्थामा छ भने पानीको बाफ लिने, धेरै जमेको भए पिनास पखाल्ने गर्नुपर्छ ।
चिकित्सकको सल्लाहमा एन्टिबायोटिक खानु राम्रो हुन्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij