शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

भोजपुरको पहिरो अध्ययनका लागि भूगर्भविद् ल्याउने

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक ५, २०७३



  • भोजपुर  । जिल्ला दैवी प्रकोप उद्वार समिति भोजपुरले पहिरोको उच्च जोखिममा रहेका क्षेत्रको अध्ययनका लागि भूगर्भविद् ल्याउने निर्णय गरेको छ ।

    प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माको अध्यक्षतामा बिहीबार यहाँ बसेको बैठकले सिद्धेश्वर गाविस– ८ मा पर्ने भण्डारी टोल पहिरोको उच्च जोखिममा रहेकाले त्यसको अध्ययनको लागि यस्तोे निर्णय गरेको हो । जिल्लाको उत्तरी कुलुङ र दोभाने गाविसको पहिरोग्रस्त क्षेत्रको समेत अध्ययन गराउने बैठकले निर्णय गरेको छ ।

    त्यस्तै बैठकले गत असोजयता जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका २१ वटा दैवीप्रकोप घटनाको सत्यतथ्य अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर राजनराज रेड्डीको संयोजकत्वमा चार सदस्यीय कार्यदल समेत गठन गरेको छ ।

    कार्यदलको सिफारिसको आधारमा दैवीप्रकोप उद्वार समितिले राहत वितरण गर्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij