आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नमिलेका ब्रा लगाउँदा हुने बेफाइदाहरु

  • प्रकाशित मिति : आइतवार, कार्तिक ७, २०७३



  • एजेन्सी  । अधिकांश महिलाले विचार नै नपु¥याईकन ब्रा किन्ने गर्छन् । ब्राकै कारण शरीरमा असहज भयो भनेर पनि त्यति चासो देखाउँदैनन् वा औषधी उपचार पनि गर्दैनन् । बरु पीडा सहन्छन् । विज्ञहरुका अनुसार फिटिङ नमिलेको ब्राले महिलाको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारेको हुन्छ ।

    इन्फेक्सनको खतरा
    यदि तपाईको काँधमा नीलो डाम वा छाला कोतरिएको छ भने निश्चय नै तपार्इंले आफूलाई नमिल्ने ब्रा लगाउनुभएको छ । यस्तो अवस्थामा तपार्इंमा संक्रमण इन्फेक्सनको खतरा हुन्छ ।

    टाउको दुख्ने
    स्तनको आकार मिलाउन वा स्तनलाई आकर्षक ढंगले सजाउन ब्रा लगाइन्छ । फिट नभएको ब्राले तपाईंको स्तनलाई अड्याउँदैन, जसका कारण घाँटी र पछाडीको मांसपेशीमा अनावश्यक दबाब पर्न जान्छ । यसले घाँटीमा हुने रक्तप्रवाहलाई रोकिदिनुका साथै साथै तपाईंको घाँटीको मांसपेशीमा बढी भर पर्दा टाउको दुख्ने गर्छ ।

    श्वासप्रश्वासमा समस्या
    नमिलेको वा बढी कसिलो ब्राले छाती वरपरको भागमा डाम बसाल्नुका साथै श्वास फेर्नसमेत कठिनाइ हुन्छ । कहिलेकाहीँ पाखुरामा पिनले घोचेजस्तो सेदना त महसुस गर्नुभएको छैन ? यदि हो भने यो सबै फिट नभएको ब्राको परिणाम हो ।

    रक्तप्रवाहमा समस्या
    नमिलेको ब्रा लगाउँदा छातीका दुई ठूला मांसपेशीमा हुने दबाबले रक्तप्रवाहमा समस्या ल्याउँछ ।

    शरीरको आकृति नै बिग्रने
    ब्राले कहिलेकाहीँ तपाईंको शरीरको अवस्था र स्वरुपमा पनि प्रभाव पार्छ । नमिलेको ब्रा लगाउँदा तपाईंको कुम कुप्रो परी शरीरको आकृति नै बिग्रेको देखाउँछ ।

    पेट दुख्ने
    सुन्दा अचम्म लाग्न सक्छ तर कतिपय अवस्थामा तपार्इंले लगाएको असन्तुलित ब्राले पेटमा गडबडी हुनुका साथै बारम्बार पेट दुख्ने र पखालासमेत लाग्छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij