मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

थाहा पाउनुहोस्, होचीलाई सुहाउँदैन यस्ता लुक्स

  • प्रकाशित मिति : आइतवार, कार्तिक ७, २०७३



  • होचो कदको हुँदैमा नराम्री देखिने र अग्ली हुँदैमा राम्री देखिने भन्ने हुँदैन । सुन्दरता त व्यक्तिले आफ्नो शारीरिक अवस्थाअनुसार गर्ने गेटअपले झल्काउँछ । शरीरअनुसार गेटअप गर्न नजाने हाइट राम्रै भए पनि लुक्स नराम्रो देखिन सक्छ । तर, होचै कद भएकाले पनि पूरा गेटअप मिलाउन सके आकर्षक लुक्स आउँछ । कस्तो ड्रेस लगाउने ? ब्याग र जुत्ता कस्तो रोज्ने भन्ने सवालमा तुलनात्मक रूपमा अग्लीभन्दा होचीले नै बढी ध्यान भने दिनुपर्ने हुन्छ । फेसन डिजाइनर नवीना महर्जनले होचीलाई नसुहाउने केही लुक्सबारे जानकारी दिएकी छिन् :

    सर्ट ड्रेस
    होचीले सर्ट ड्रेस (छोटा कपडा) लगाउनु भनेको लुक्स बिगार्नु नै हो । होचो शरीरमा धेरै छोटा कपडा पहिरिँदा कद झनै होचो देखाउँछ । त्यसैले होचीले सर्ट ड्रेसमा आँखा नलोभ्याएकै राम्रो हुन्छ ।

    होरिजेन्टल प्रिन्ट
    होचीले होरिजेन्टल प्रिन्ट (तेर्सा) धर्का भएका सर्ट, टिसर्ट, टपलगायत ड्रेस नरोज्नु राम्रो हुन्छ । यस्तो ड्रेसले होचीलाई झनै होची देखाउँछ ।

    वाइड लेग्ड पाइन्ट
    बजारमा विभिन्न डिजाइनका वाइड लेग्ड पाइन्ट (गोडातिर फेरो फराकिलो भएको) फेसनमा छन् । टपसँग प्लाजो पाइन्टको कम्बिनेसन आजकाल खुबै चलेको छ । तर, होचीलाई वाइड लेग्ड पाइन्ट उपयुक्त हुँदैन । यस्तो पाइन्टमा कद झनै
    होची देखिन्छ ।

    ओभर साइज ब्याग
    होचीलाई तुलनात्मक रूपमा सानोभन्दा ठूलै ब्यागले राम्रो देखाउँछ । तर, धेरै नै ठूलो (ओभर साइज) ब्यागले भने आकर्षक  लुक्स दिँदैन ।

    एंकल स्ट्रेप हिल
    अग्ला महिलाको गोडामा एंकल स्ट्रेप हिल निकै सुन्दर देखिन्छ । तर, होचीलाई भने एंकल स्ट्रेप हिल सुहाउँदैन । यसले लुक्स नै बिगार्छ । त्यसैले अग्लीको सौन्दर्यमा लोभिएर यस्तो हिलले लुक्स बिगार्ने गल्ती गर्नु हुँदैन ।

    मिड काल्फ बुट
    जाडो लागेसँगै मिड काल्फ बुटको फेसन सुरु हुन थाल्छ । जाडोमा अधिकांश युवतीले मिड काल्फ बुटलाई न्यानो र फेसनका रूपमा प्रयोग गर्छन् । तर, होचीले मिड काल्फ बुट नलगाउनु नै उत्तम हुन्छ । यो बुटले होचीलाई झनै होची देखाउँछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij