प्रकाशित मिति : आइतवार, कार्तिक ७, २०७३
काठमाडौ । न्यू हल्याण्ड एग्रिकल्चरले केस ब्राण्डका विभिन्न मोडलका नयाँ टयाक्टर नेपाली बजारमा ल्याएको छ । बुटवललाई आधार क्षेत्र बनाएर ट्रयाक्टरको कारोबार सुरु गर्दै आएको भुसाल ग्रुपले ललितपुर सातदोवाटोमा भुसाल ट्रयाक्टर सप्लायर्सको सोरुम स्थापना गरेको हो ।
नयाँ मोडल र नयाँ प्रविधियुक्त ३० देखि ९० हर्स पावरका टयांक्टर ढुवानी र जोत्नका लागि निकै उपयोगी रहेको कम्पनीको दाबी छ । टयाक्टरको मूूल्य १० लाखदेखि २४ लाख रुपैयाँसम्म रहेको छ । नयाँ प्रविधिको डिजल कम खपत केस ब्राण्डका टयाक्टर नेपाली किसानलाई लक्षित गरी निर्माण गरिएको नेपालस्थित आधिकारिक बिक्रेता भूसाल टयाक्टर सप्लायर्सका सञ्चालक बालकृष्ण भुसालले बताए ।
टर्कीको प्रविधिमा निर्माण गरिएका टयाक्टर नेपाली किसानले मन पराउने पनि उनको भनाइ छ । बुटवलबाट सुरु भएको केस ब्राण्डका विभिन्न मोडलका टयाक्टरको बुकिङ सुरु भइसकेको र देशैभरीबाट माग आइरहेकोले न्यू हल्याण्डको नेपाली बजारलाई ३० प्रतिशत पु-याउने लक्ष्य प्राप्तिमा कुनै कठिनाइ नहुने पनि उनले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij