आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बैज्ञानिकको नयाँ दाबीः बरमूडा त्रिकोणको रहस्यको पछाडि षट्कोण बादल

  • प्रकाशित मिति : आइतवार, कार्तिक ७, २०७३



  • दशकौंदेखि मानिसहरुलाई रनभुल्लमा पारिरहेको बरमूडा त्रिकोणको रहस्यको विषयमा वैज्ञानिकहरुले रहस्यको नयाँ पोको फुकाएको दाबी गरेका छन् ।

    वैज्ञानिकको दाबी अनुसार बरमूडा त्रिकोण रहस्यको पछाडि हेक्सागनल क्लाउड्स (षट्कोण बादल) को हात हुनसक्छ । अहिलेसम्म सय वर्षमा करिब १ हजार मानिस यो रहस्यको चपेटामा परेर आफ्नो ज्यान गुमाइसकेका छन् ।

    यद्यपी, वैज्ञानिकले बरमूडा त्रिकोणबारे गरेको यो दाबी पहिलो भने होइन । यसै वर्ष मार्चमा वैज्ञानिकहरुले दाबी गरे अनुसार पानीको १५० फिट भित्र आधा माइलभन्दा बढि चौडा क्रेटर (ज्वालामुखीको मुख) को कारण यो रहस्यमय त्रिकोण बनेको हो ।

    के हो षट्कोण बादलः
    वैज्ञानिकका अनुसार बरमूडा त्रिकोणको षट्कोण बादलका कारण अस्तित्वमा आएको हो । यसको निर्माण मौसमी स्थितीमा परिवर्तनका कारण हुने गर्दछ । जतिबेला षट्कोण बादल बन्छ, त्यतिबेला यो सँग जहाज वा प्लेन डुबाइदिने क्षमता हुन्छ । बैज्ञानिकहरुले रिपोर्टमा दाबी गरे अनुसार बादलले १७० एमपीएचको गतीमा ‘एयर बम’ बनाउँछ जसले विशाल जहाज वा प्लेनसम्मलाई तल खसाल्न सक्षम हुन्छ ।

    लोकलाइज्ड करेन्टबाट यसको निर्माण हुन्छः
    मौसमी विज्ञ र्याडी सरवेनीको भनाई अनुसार यसको निर्माण ठूलो मात्रामा लोकलाइज्ड एयर करेन्टका कारण हुने गर्दछ । यो बादलको तल आउँदा समुन्द्रमा तरंग पैदा गर्दछ । कहिलेकाँही यो यति शक्तिशाली विशाल आकारको हुन्छ कि उनीहरु एक–अर्कासँग ठोक्किने गर्दछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij