प्रकाशित मिति : मङ्लबार, कार्तिक ९, २०७३
जुनसुकै फोटोग्राफरले यस्ता तस्बिर खिचेका हुन्छन् जुन कुनै कालखण्डमा इतिहास बन्ने गर्दछ । भनिन्छ, ‘एउटा तस्बिरले हज्जारौं शब्द वर्णन गर्छ ।’
आज हामी तपाईंलाई यस्ता तस्बिरहरु देखाउँदैछौं जसले इतिहासबारे हज्जारौं शब्द वर्णन गर्न सक्छन् । तीमध्ये कुनै १० शताब्दि पहिले नै खिचिएका हुन् भने कुनै अमेरिकाको गृहयुद्धको दौरान खिचिएका हुन् ।
एड्सका कारण छोराको मृत्यु हुँदैः
सन् १९९० को नोभेम्बरमा लाइफ म्यागजिनका प्रकाशित यो फोटोले अमेरिकी नागरिकले एड्सलाई हेर्ने दृष्टिकोणबारे दर्साउँछ । एड्सका कारण मृत्यु भइरहेको छोरालाई सान्त्वना दिँदै उनका बुवालगायतका परिवार ।
बिसनको खोपडीले बनेको पहाडः
सन् १८७० सम्म बिसन (एक प्रकारको जनावर) को शिकारका कारण लोपोन्मुख अवस्थामा आइपुगेको थियो । यहाँ यही लापोन्मुख बिसनको टाउकोको पहाड बनेको छ । छोटो समयमा नै कति बिसन मारिए भन्ने यथार्थको यसले वर्णन गर्दछ ।
स्विमिङ पुलबिना नै पौडी खेल्न सिकाइँदैः
सन् १९२२ तिर स्विमिङ पुल बिना नै पौडी खेल्न सिकाइँदै ।
जलेका व्यक्तिः
यो तस्बिर सन् १९७२ को हो जहाँ एक खरानीसँगै एक व्यक्तिको खुट्टा आधा जल्न बाँकी देखिन्छ ।
चिहानकी अतिथीः
यो तस्बिर सन् १९०० को हो । यो चिहानमा यी बालिका किन आइन् र को हुन् भन्ने यसको रहस्य अहिलेसम्म पनि खुल्न सकेको छैन ।
भीमकाय फट्याङ्ग्रोः
यो वास्तविक तस्बिर सन् १९३७ को हो । एक अमेरिकीले उक्त फट्याङ्ग्रो मार्न बन्दुक प्रयोग गरेका थिए ।
हिरोसिमा हमलाका पीडितः
हिरोसिमा बम हमलाको ६ वर्षपछि एक पीडितले आफ्नो घाउका खतहरु देखाउँदै ।
यो कस्तो मानवताः
सन् १९१५ मा भएको आर्मेनियाली नरसंहारमा टर्की जिम्मेवार थियो । एक टुक्रा पाउरोटी लिएर टर्कीका एक अधिकारीले भोकाएर बच्चाहरुको परिक्षण गर्दै ।
एक कम्युनिष्टलाई गोली हानिँदैः
सन् १९१९ मा जर्मनी सैनिकले एक कम्युनिष्टलाई गोली हान्दै ।
एक बालक र मृत भाइः
यो सन् १९४५ को यो हृदयविदारक फोटो हो । फोटोमा एक बालकले आफ्नो मृत भाइलाई अन्तिम संस्कार गर्ने ठाउँमा ल्याएपछि ‘एटेन्सन’ पोजिसनमा बस्दै ।
हिटलर र उनका हिउँले खाएको सैनिकः
यो फोटो सन् १९४० को हो जसमा हिटलरले स्यालुट गर्न खोजेका एक हिउँले खाएका सैनिकलाई सन्त्वना दिइरहेको देख्न सकिन्छ ।
बिल गेट्स र सिडी रोमः
सन् १९९४ मा बिल गेट्सले सीडी रोमको प्रभावकारिता देखाउँदै खिचाएको तस्बिर । उनीमुनीका सबै कागजका सन्देश एउटा सीडि रोममा अटाउँछ भन्ने सन्देशसहितको फोटो हो यो ।
बितेका सैनिकः
सन् १९७० को जुनमा बेलायती महारानी एलिजाबेथ दोस्रोको भ्रमणको क्रममा उनलाई हेर्दा हेर्दै मृत्युवरण गरेका बेलायती सैनिक ।
बालबालिका बिक्रिमाः
यी महिला र उनका श्रीमानसँग कमाउने केही माध्यम नभएकाले आफ्ना चार सन्तानलाई बेच्ने निधो गरे । सन् १९४० को अन्त्य र १९५० को सुरुवातमा उनीहरुले आफ्ना चारैजना सन्तानलाई बेचे । तर बेचिएपछि उनका ती चारैजना सन्तानको जीवन राम्रो भएन । कसैलाई त उनीहरुको नयाँ घरमा निकै यातना पनि दिइयो । तर ती आमाले आफ्ना सन्तालाई त्यस्तो हालमा देख्दा पनि आफ्नो निर्णयमाथि कहिले पछुताइनन् । पछि उनले अरु चार सन्तानलाई जन्म दिइन् ।
आइन्स्टाइनको डेस्कः
अल्बर्ट आइन्स्टाइनले न्यूजर्सीस्थित प्रिन्सटनको अफिसको डेस्कलाई अन्तिमपटक छोड्दा यस्तो थियो । उनको त्यही रात मृत्यु भएको थियो । (सन् १९५५)
२० औं शताब्दिको पागलखानाः
सन् १९०० को पागलखाना ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij