आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राती सुत्नुभन्दा अघि नगर्नुहोस् यी गल्ती, बढ्नेछ तौल

  • प्रकाशित मिति : बुधबार, कार्तिक १७, २०७३



  • राती सुत्नुभन्दा पहिले गरिने केही गल्तीले हाम्रो तौल बढ्ने गर्छ । आज त्यही गल्तीबारे हामी जानकारी दिँदै छौं ।

    धेरै पानी पिउनुः
    सुत्नुभन्दा पहिले आवश्यकभन्दा बढि पानी पिउँदा पटक–पटक बाथरुम जानुपर्ने हुन्छ जसले निन्द्र खल्बलाउँछ । यस्तो हुँदा तौल बढ्दै जान्छ ।

    बत्ती बालेर सुत्नेः
    राती बत्ती बालेर सुत्दा मेलाटनिन हर्मोन कम बन्ने गर्दछ । यसले निन्द्रा कम लाग्छ र तौल बढ्छ ।

    राती अबेरसम्म उठ्नुः
    राती कम्तीमा पनि ७ घण्टा भन्दा कम सुत्नुहुन्छ भने तपाईंको तौल बढाउने हर्मोनको लेभल बढ्ने गर्दछ । यसले तौलमा समस्या निम्त्याउँछ ।

    गलत कपडाः
    राती सुत्दा लगाउने पहिरन यदि सजिलो छैन भने मज्जाले निन्द्रा लाग्दैन । यसले तौल बढाउने हर्मोनलाई सक्रिय बनाउँछ ।

    गलत तापक्रमः
    सुत्नेबेला रुमको तापक्रम तातो हुँदा बोसो पगाल्ने हर्मोनको स्तरमा कमी आउँछ । यस्तो अवस्थामा तौल बढ्ने गर्दछ । कोठाको तापक्रम चिसो राख्नुहोस् ।

    कफी पिउनुः
    राती सुत्नुभन्दा पहिले कफी पिउँदा यसमा पाइने क्याफेनले दिमागलाई एक्टिभ बनाउँछ । यसले समयमा नै निन्द्रा लाग्न रोक्छ जसले तौल बढ्छ ।

    व्यायामः
    राती सुत्नुभन्दा पहिले व्यायाम गर्दा निन्द्रा लाग्ने मेलाटनिन हर्मोन कम बन्ने गर्दछ । राती व्यायाम नै गर्नु छ भने सुत्नुभन्दा १ घण्टा पहिले गर्नुहोस् ।

    हाई क्यालोरी फुडः
    भात, आलू र गुलियो खानेकुरामा क्यालोरी निकै धेरै हुन्छ । यदि राती सुत्नुभन्दा पहिले यसको सेवन धेरै गर्नुहुन्छ भने तपाईंको तौल तीब्र रुपमा बढ्ने गर्दछ ।

    खाने समयः
    खानेबत्तिकै सुत्नुभयो भने खाना ट्राइग्लिसराइड्समा परिवर्तन हुन्छ । यसले तौल बढ्न थाल्छ ।

    रक्सी पिउनुः
    सुत्नुभन्दा पहिले रक्सी पिउँदा कार्टिसोल नामक स्ट्रेस हर्मोन बन्न थाल्छ । यसले निन्द्रा नलाग्ने हुँदा तपाईंको तौल बढ्ने गर्दछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij