शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

यसो गर्नुहोस्, मोटरसाइकल सफा र चम्किलो बनाउन…

  • प्रकाशित मिति : बुधबार, कार्तिक १७, २०७३



  • सफा र चम्किलो मोटरसाइकल चलाउने चाहना कसलाई हुँदैन र ? यस्तो मोटरसाइकल चलाउँदा आत्मविश्वास पनि वृद्धि हुन्छ । तर, चाहना राखेर मात्रै हुँदैन । मोटरसाइकल सफा र चम्किलो बनाइराख्न सफा गर्ने तरिका पनि जान्न जरुरी छ । वासिङ सेन्टरमा नलगी घरैमा मोटरसाइकल सफा र चम्किलो बनाउने तरिकाबारे कायस्थ मोटर्सका नसिब कायस्थका सुुझाब यस्ता छन्ः

    पानीले मजाले धोएपछि मोटरसाइकलको कुनाकाप्चामा भएको पानीलाई सफा तथा सुक्खा कपडाले पुछ्नुपर्छ । बाइकलाई पूरै सुक्खा बनाउनु अत्यन्त आवश्यक छ । ब्याट्री, इन्जिन, प्लग एरियामा पानीका थोपा रहिरहन सक्छ ।

    सुक्खा नबनाउँदा बोल्ट भएका स्थानमा खिया लाग्ने सम्भावना रहन्छ ।बाइकमा लागेको धुलोमैलो सफा गर्न सबैभन्दा पहिला पानीले मजाले सफा गर्नुपर्छ । पानीसँगै स्याम्पु लगाएर रगडेर बाइक पुछ्नुपर्छ ।

    स्याम्पुको प्रयोगले धेरै परिश्रम नगरीकनै मोटरसाइकलमा लागेको हिलो तथा मैलोको दाग सफा हुन्छ । रगड्नलाई भने फम प्रयोग गर्न सकिन्छ । तर, पानी धेरै छ्याप्दा इलेक्ट्रिकल पार्टस्मा धेरै नपरोस् भन्नेमा भने सचेत हुनुपर्छ ।

    बाइकलाई सफा गरेपछि चम्किलो बनाउन आफैँले पोलिसिङ गर्न सकिन्छ । यसका लागि वाक्स पोलिस या अन्य रेगुलर पोलिस रोज्न सकिन्छ । फमको सानो टुक्रामा पोलिस राखेर त्यसलाई पूरै फर्मभरी पर्ने गरी मिच्ने । त्यसपछि पूरै बाइकमा एकपटक लगाएर करिब १५ मिनेट त्यतिकै सुक्न दिने ।

    त्यसपछि अन्तमा पोलिसलाई सुक्खा कपडाले पुछ्ने । यसरी थोरै मिहिनेत गर्दा पनि बाइकलाई घरैमा सोरुमबाट भर्खरै निकालेकोजस्तो चम्किलो बनाउन सकिन्छ । यस्तो बाइक चलाउनुको मज्जा नै अर्कै हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij