शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

डाक्टरका कुरा : पिँडुला फर्किने यी हुन् ३ कारण

  • प्रकाशित मिति : बुधबार, कार्तिक १७, २०७३



  • कहिले हिँड्दाहिँड्दै पिँडुला फर्किएर निकै पीडा हुन्छ । कहिले राति सुतिरहेको अवस्थामै पिँडुला फर्किन्छ । पिँडुला फर्किँदाको पीडा भोग्नेलाई महसुस हुन्छ । पिँडुलाको मासु सरेर अगाडि भागतिर आउनुलाई पिँडुला फर्किनु भनिन्छ । यस्तो अवस्थामा निकै सजगताका साथ हातले मिलाएर पिँडुलाको मासु यथास्थानमा फर्काउने गरिन्छ । पिँडुला फर्किएको पीडा केही दिनसम्म रहिरहन्छ । आखिर किन फर्किन्छ  पिँडुला ? जनरल फिजिसियन डा. शेरबहादुर पुनले तीन कारण बताएका छन् :

    १. शरीरमा पोटासियम कम हुँदा पिँडुला फर्किने समस्या निम्तिन सक्छ । पोटासियमको कमीले शरीरमा इलेक्ट्रोलाइटको मात्रा बिग्रन्छ र मासु फर्कने हुन्छ । पोटासियमको मात्रा बढाउन केरा खानुपर्छ । पातयुक्त तरकारी तथा ड्राई फुड्सलगायत पोटासियमयुक्त खाना खानुपर्छ । डिहाइड्रेसन भएमा पनि पिँडुला बाँउडिने हुन्छ ।

    २. पिँडुलाको मांसपेशीमा रक्तसञ्चार राम्रोसँग नभएमा तथा पोषण र अक्सिजनको प्रभाव कम हुँदा पनि फर्किने गर्छ । लवाइ या बसाइ सहज नहुँदा दाबिएर पिँडुलामा रक्तसञ्चार अभाव भए फर्किन्छ । यस्तो अवस्थामा थप दबाब दिने तथा कस्ने गर्नुहुँदैन । बरु केही तातोपन दिएर रक्तसञ्चार प्रभावकारी बनाउनुपर्छ ।

    ३. अत्यधिक कमजोरी तथा थकानले पनि पिँडुला बाउँडिने गर्छ । झडापखाला लाग्दाको कमजोरीमा यो समस्या बढी हुन्छ । लगातारको पखालाले शरीरमा डिहाइड्रेसन भई शरीरमा आवश्यक मात्रामा पोटासियम, खनिज, लवण सञ्चित हुन पाउँदैन र इलेक्ट्रोलाइट असन्तुलित हुन्छ । यो अवस्थामा पानी तथा झोलिलो पदार्थ प्रशस्त पिउनुपर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij