शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

जनकपुरमा उच्च सुरक्षासहित भारतीय राष्ट्रपति मुखर्जीका लागि मञ्च तयार हुँदै

  • प्रकाशित मिति : बुधबार, कार्तिक १७, २०७३



  • जनकपुर । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको हुन लागेको नेपाल भ्रमणको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल भ्रमणको बेला राष्ट्रपति मुखर्जी जनकपुरको भ्रमण गर्न लागेका हुन् । त्यसका लागि जनकपुरमा त्यसको तयारी तीब्र रुपमा अगाडि बढिरहेको छ ।

    कात्तिक १७ गते हुने भ्रमणको क्रममा राष्ट्रपति मुखर्जी कात्तिक १९ गते जनकपुर आउने कार्यक्रम रहेको छ । उच्च सुरक्षाबीच उनले सम्बोधन गर्ने मञ्चको निर्माण भइरहेको छ । धनुषा जिल्लाका सिडियो दिलिप चापागाँइको प्रत्यक्ष निगरानीमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाले सो मञ्च तयारी गरिरहेका छन् । जनकपुरको तिरहुतिया गाछीमा निर्माण भइरहेको सो मञ्च निर्माण स्थलमा सशस्त्रका एसपी उत्तम थनेत र सेनाका जर्नलको पनि उपस्थिति रहेको छ ।

    मञ्च निर्माण स्थल तथा जानकी मन्दिरको सुरक्षा व्यवस्थाबारे गृहमन्त्री विमलेन्द्र निधिले स्वंय अनुगमन गरी जानकारी लिएका छन् ।

    जनकपुरमा राष्ट्रपति मुखर्जीको कार्यक्रम ५५ मिनेटको हुनेछ, जसमा ३० मिनेट नागरिक अभिन्दनको कार्यक्रम तिरहुतिया गाछीमा हुनेछ भने २५ मिनेट जानकी मन्दिरमा पुजापाठ गर्ने कार्यक्रम रहेको छ । यी दुई ठाउँलाई सुरक्षाकर्मीले घेरा हाली सुरक्षा निगरानी बढाएको छ ।

    सिडियो चापागाँईका अनुसार नागरिक अभिनन्दनमा सहभागि हुनेका लागि १५ सय पासको व्यवस्था गरिएको छ । त्यसमा सांसद, पूर्व सांसद, मन्त्री, पूर्वमन्त्री, पत्रकार, नागरिक समाज, कर्मचारी, व्यपारीलगायतका रहेका छन् । नागरिक अभिनन्दनमा सर्वसाधारणको प्रवेशको व्यवस्था गरिएको छ तर उनीहरुलाई मञ्चभन्दा निकै टाढा राख्ने व्यवस्था गरिएको छ ।

    मञ्चसम्म जानका लागि दुई प्रवेशद्धारको व्यवस्था गरिएको छ । एउटा राष्ट्रपति मुखर्जी जानेछ भने अर्कोबाट सर्वसाधारण जाने व्यवस्था गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij