आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतीय राष्ट्रपति जनकपुर आउने भएपछि सीमा नाकामा उच्च सुरक्षा सतर्कता

  • प्रकाशित मिति : बुधबार, कार्तिक १७, २०७३



  • गौशाला । भारतीय राष्ट्रपति प्रणव मुखर्जी जनकपुर आउने भएपछि छिमेकी जिल्ला महोत्तरीको भारतसँग जोडिएको सबै नाकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

    सशस्त्र प्रहरी एवम् नेपाल प्रहरीले संयुक्त रुपमा भारतसँग सीमा जोडिएका महोत्तरीका १३ वटा गाविसका विभिन्न स्थानमा उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।

    उनले भारत बिहार राज्यको मधुवनी एव्म सीतामढी जिल्लाको ३८ दशमलव ४७ किलोमिटर खुला सीमासँग जोडिएको महोत्तरीका १३ गाविसको सीमा क्षेत्रमा सघन चेकजाँच तथा शङ्कास्पद व्यक्तिमाथि उच्च निगरानीसमेत गर्न थालिएको बताए ।

    नेपाल भारत सीमा जोडिएका महोत्तरीका दक्षिणी क्षेत्रका मुख्य प्रवेश नाका मटिहानी, पर्सापतैली, जलेश्वर, नैन्ही, वथनाहा, कट्टीकटैया, खैरबन्नी, रघुनाथपुरलगायत १३ गाविसका सीमावर्ती क्षेत्रमा उच्च सुरक्षा सतर्कता तथा शङ्कास्पद व्यक्तिमाथि कडा निगरानी थालिएको प्रहरीले जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij