शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

श्रीमान्–श्रीमतीको सम्बन्धमा तनाव छ ? अपनाउनुस् यी वास्तु टिप्स

  • प्रकाशित मिति : बिहिबार, कार्तिक १८, २०७३



  • यदि श्रीमान श्रीमतीको सम्बन्धमा तनाव छ भने यसमा तपाईं दुबैको गल्ती नभई तपाईंको घरको वास्तुदोष जिम्मेवार हुनसक्छ । वास्तुको हिसाबले घरमा राखिएको हरेक कुरा तपार्ईंमाथि सकारात्मक र नकारात्मक प्रभाव पार्नेछ त्यसकारण तपाईं वास्तुका केही तरिका अपनाउनुहुन्छ भने बिग्रिरहेको श्रीमान्–श्रीमतीको सम्बन्धलाई पुनः सुमधुर पार्न सक्नुहुन्छ ।

    420x0xlandscapevastu-friendly-bedroom-location-5660376e32567बेडरुम लोकेसनः
    बेडरुम सधैं दक्षिण पश्चिम वा उत्तर पश्चिम दिशातर्फ हुनुपर्छ । यसले पार्टनरबिच माया र एक अर्कालाई बुझ्ने क्षमताको विकास गर्दछ । उत्तर पूर्व र दक्षिण पूर्ण दिशामा रहेको कोठालाई कुनै पनि हालतमा बेडरुम बनाउनु हुँदैन ।

    420x0xlandscapewhat-position-to-sleep-566037969db20कुन दिशामा सुत्नेः
    विवाहित जोडीले जहिले पनि दक्षिणतर्फ टाउको देखाएर सुत्नुपर्छ । दक्षिणतर्फबाट प्रवाह हुने सकारात्मक चुम्बकीय ऊर्जा निन्द्रा र रक्त संचारमा बाधा नपुर्याईसजिलै शरिरमा प्रवेश गर्दछ ।

    420x0xlandscapematerial-of-the-bed-566037c7f0886बेडको सामग्रीः
    विवाहित जोडी सुत्ने बेड कहिले पनि मेटल र फलामको हुनुहुँदैन । जोडीबिचको तनाव कम गर्न काठको बेड प्रयोग गर्नुहोस् । बेड नियमित आकारको हुन आवश्यक छ ।

    420x0xlandscapecolours-to-choose-in-master-bedroom-566037f28b3b3बेडरुममा कस्तो रङ लगाउने ?
    बेडरुममा सधैं हल्का रङको प्रयोग गर्नुहोस् जस्तै हल्का निलो, हल्का हरियो, गुलाबी ।

    420x0xlandscapewhich-side-of-the-bed-5660382f3a67bबेडको कुन साइडमा सुत्ने ?
    श्रीमती जहिले पनि बायाँ साइडमा सुत्नुपर्छ भने श्रीमान् भने दायाँ पट्टी सुत्नुपर्छ । यसले दुईजनाबिच निकै सुमधुर सम्बन्ध कायम गर्न सहयोग गर्दछ ।

    420x0xlandscapeuse-a-single-mattress-56603858ec533एउटा मात्र म्याट्रेस प्रयोग गर्नुहोस्ः
    डबल बेडमा एउटा मात्र म्याट्रेस प्रयोग गर्नुहोस् । विवाहित जोडीले डबल म्याट्रेस प्रयोग गर्नबाट जोगिनुपर्छ । यसले विवाहित जोडिमा सकारात्मकता फैलाउन सहयोग गर्दछ ।

    बेडरुममा इलेक्ट्रिक ग्याजेटको प्रयोग नगर्नुहोस्ः
    बेडरुममा इलेक्ट्रिक ग्याजेटको प्रयोग नगर्नुहोस् । यदि बेडरुममा इलेक्ट्रोनिक्स राखिएका छन् भने पनि बेडभन्दा निकै पर राख्नुहोस् । यी ग्याजेटबाट निस्कने इलेक्ट्रो म्याग्नेटिक वेभले निन्द्रामा समस्या निम्त्याउँछ भने पार्टनरबिचको सम्बन्धलाई पनि बिगार्छ ।

    वास्तुका अन्य टिप्स

    आफ्नो बेडरुममा दुई सुन्दर गमला राख्नुहोस्, यसले तपाईंको वैवाहिक सम्बन्ध सुखमय हुनेछ ।

    आफ्नो कोठालाई सधैं सजाएर राख्नुहोस्, यसलाई फोहोर हुन नदिनुहोस् । प्रेम बढाउनका लागि सेरामिकले बनेको विन्ड चार्मको प्रयोग गर्नुहोस् ।

    बेडरुममा सूर्यको प्रकाश व्यवस्था यस्तो हुन आवश्यक छ कि प्रकाश सिधा बेडमा नपरोस् । प्रकाश पछाडि वा बायाँपट्टीबाट आउनुपर्छ ।

    वास्तुका अनुसार बेडरुममा ऐना बेडको ठिक अगाडि नराख्नुहोस् ता कि सुत्नेबेला कसैको प्रतिबिम्ब ऐनामा नदेखियोस् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij