प्रकाशित मिति : बिहिबार, कार्तिक १८, २०७३
गर्भवती पप स्टार जेनेट ज्याक्सनले सन् २०१२ मा कतारमा जन्मिएका लण्डनका अर्बपती मुस्लिम विसाम अल मानासँग विवाह गरेपछि आफ्नो धर्म परिवर्तन गर्दै मुश्लिम धर्म अपनाएकी छिन् । आफूभन्दा ९ वर्ष कान्छोसँग विवाह गरेकी माइकल ज्याक्सनकी बहिनी जेनेट निकै छोटो पहिरनका कारण चर्चामा छाइरहन्थिन् ।
५० वर्षीया जेनेटलाई लण्डनको सडकमा निकै भिन्न स्वरुपमा देखिएको छ । सन् १९३३ मा रोलिङ स्टोन म्यागजिनको कभरका लागि फोटोसुट गर्दै आफ्नो ‘सोलो करियर’ सुरुवात गर्ने जेनेट टाउकोदेखि खुट्टासम्म पूर्ण रुपमा ढाकिएको तस्बिर सार्वजनिक भएको छ । जुन निकै अचम्म हो । जेनेटको उक्त फोटोसुट म्यागजिनको अहिलेसम्मकै सबैभन्दा सेक्सी फोटोसुट साबित भएको छ ।
स्रोत भन्छ, ‘जब उनी विसामको परिवारलाई भेट्न मिडल इस्ट जान्छिन् तब उनी मेकअप गर्दिनन्, हेयर एक्सटेन्सन लगाउँदिनन् र परम्परागत मुस्लिम पहिरन लगाउँछिन् ।’
‘उनले आफ्नो नयाँ धर्मको लागि घर भेटेको अनुभव गरेकी छिन् । यसबारे अध्ययन गर्न उनले राम्रै समय बिताएकी छिन् ।’ स्रोतले थप्यो । ‘अचम्मको डान्स मुभ र गीतमा यौनजन्य शब्द, अब सायद उनको लिष्टबाट हटे ।’
धर्म परिवर्तन गरी मुश्लिम बन्ने सूचीमा जेनेटका साथै अन्य सेलिब्रिटी पनि छन् । यसबारे जानकारी लिऔंः
१. माइकल ज्याक्सनः
सन् २००८ मा विभिन्न रिपोर्टले माइकल ज्याक्सनले इस्लाम धर्म अवलम्बन गरेको दाबी गर्यो । उक्त सामाचारले थप विश्वसनीयता त्यतिबेला पायो जब माइकल ज्याक्सनले आफ्नो नाम मिकाइलमा परिवर्तन गरे भन्ने रिपोर्ट सार्वजनिक भयो । यद्यपी, यी पपस्टार खरब सार्वजनिक भएको केही समयपछि नै बिते । त्यसकारण यो रहस्य, रहस्यमै सिमित रह्यो ।
२. माइक टाइसनः
सबैभन्दा चर्चित र रुचाइएका बक्सर माइक टाइसन बलात्कारको अरोपमा जेल चलान हुँदा इस्लाम धर्मलाई स्विकार गरेको बताइएको छ ।
३. मोहम्मद अलीः
प्रतिष्ठित बक्सिङ च्याम्पियन र ओलम्पिक मेडलिष्ट मोहम्मद अली जन्मजात क्रिस्चियन थिए । उनको नाम क्यासियस क्ले थियो । यद्यपी, सन् १९६२ मा जब उनी २० वर्षको भए तब उनको भेट अफ्रिकी–अमेरिकी मुस्लिम र मानव अधिकारवादी माल्कोम एक्ससँग भयो । जसले उनलाई इस्लामको देशसँग परिचित गराए र अफ्रिकी–अमेरिकीको स्थिती सुधारका लागि थालिएको धार्मिक आन्दोलनबारे जानकारी दिए । उनीसँग प्रभावित अलीले तत्काल इस्लाम धर्म अपनाए।
४. स्नूप डगः
हिप हप र्यापर स्नूप डग इस्लाममा परिवर्तन हुने अर्का सेलिब्रिटी हुन् । उनले शान्ति र सद्भाव फैलाउनका लागि उक्त अभियानलाई समर्थन गरेको बताएका थिए । यद्यपी, उनले त्यसको तीन वर्षमा नै पुनः धर्म परिवर्तन गरे ।
५. एआर रहमानः
भारतीय संगीतका प्रसिद्ध निर्माता/गायक/गीतकार एआर रहमानको हिन्दु परिवारमा जन्म भएको थियो । उनलाई उनको परिवारले दिलिप कुमार नाम दिएका थिए । उनकी आमा भने इस्लाम परिवारकी थिइन् । रहमान हिन्दु भएरै हुर्किए । उनकी बहिनी निकै बिरामी भएपछि इस्लाम धर्ममा उनी आकर्षित भएर तत्काल धर्म परिवर्तन गरेको बताइएको छ ।
६. शर्मिला टेगोरः
हिन्दु परिवारमा जन्मिएकी शर्मिला टेगोरले भारतीय मुस्लिम क्रिकेटर, मन्सुर अली खान पटौदीसँग प्रेममा परेपछि उनीसँग विवाह गर्ने योजनासहित सन् १९६९ मा मुस्लिम धर्म अपनाइन् । मन्सुरलाई विवाह गर्न शर्मिलाले आफ्नो धर्म परिवर्तन गर्नुपरेको थियो तर उनकी बुहारी करिना कपुरले भने मुस्लिम नायक सेफ अली खानलाई विवाह गर्न यस्तो दबाब झेल्नु परेन ।
७. धर्मेन्द्र र हेमा मालिनीः
कुनै बेलाका चर्चित बलिउड जोडी हेमा मालिनी र धर्मेन्द्रले आफूहरु विवाह गर्नका लागि सन् १९७९ मा मुस्लिम धर्म अपनाए । सोले फिल्मको सुटिङको क्रममा हेमा मनपर्दा धर्मेन्द्र विवाहित थिए । हिन्दु धर्मले बहुविवाह सर्मथन नगर्ने भएकाले विवाह गर्नकै लागि हेमा र धर्मेन्द्र दुबैले इस्लाम धर्म अपनाउँदै आफ्नो नाम आइसा बी आर. चक्रवर्ती र दिलावर खान केवल क्रिस्नमा परिवर्तन गरे ।
८. अम्रिता सिंहः
बलिउड नायिका अम्रिता सिंह सिख–मुस्लिम परिवारमा जन्मिएकी थिइन् । उनले सन् १९८३ मा बलिउडमा पाइला टेकेकी हुन् । जन्मिएदेखि सिख धर्म अपनाउँदै आएकी अम्रिताले जन्मजात मुस्लिम नायक सेफ अली खानसँग विवाह गर्नका लागि मुस्लिम धर्म अपनाएको बताइएको छ । विवाहको १३ वर्षपछि सन् २००४ मा यी दुबैको सम्बन्धविच्छेद भयो । सेफकी अहिलेकी श्रीमती करिना कपुर भने इस्लाममा परिवर्तन भएकी छैनन् ।
९. ममता कुलकर्नीः
ड्रग तस्करीमा दोषी पाएपछि ९० को दशकमा बलिउडलाई तताउने ममता कुलकर्नीले इस्लाम धर्म अपनाएकी हुन् ।
१०. आइसा टाकियाः
सन् २००९ मा आइसा टाकियाले प्रेमी फरहान अज्मीसँग विवाह गरिन् । थुपै मिडिया रिपोर्टका अनुसार हिन्दु परिवारमा जन्मिएकी आइसाले विवाहका लागि आफ्नो धर्म परिवर्तन गरेको दाबी गरे । यद्यपी, आइसाले भने यस विषयमा केही बोलेकी छैनन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij