प्रकाशित मिति : बिहिबार, कार्तिक १८, २०७३
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की र म्याद तामेलीमा अदालतलाई असहयोग गर्ने उनका सहयोगीहरु विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।
कार्की र म्याद तामेलीमा अवरोध गर्ने उनका कान्छा ज्वाइँ राप्रपा नेपालका अध्यक्ष कमल थापा एवं एन्फाका पूर्व अध्यक्ष गणेश थापाका भान्जा प्रवल थापा, कृषि विकास बैंकका अध्यक्ष तथा पूर्व कानुन सचिव प्रमोद कार्की र महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत प्रहरी नायब निरीक्षक सइ नकुलराज गौतमविरुद्ध मुद्दा दायर भएको हो ।
अधिवक्ता ओमप्रकाश अर्यालले अदालतको म्याद तामेलीमा अवरोध गरेको भन्दै कार्की र सहयोगीहरु विरुद्ध सर्वोच्च अदालतमा ‘अदालतको अवहेलना मुद्दा’ दर्ता भएको गरेका हुन् ।
म्याद तामेलीमा अवरोध गरे मुलुकी ऐनको अदालतको बन्दोबस्ती सम्बन्धी महल अनुसार १५ दिन कैद, एक हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij