शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

समाजवाद अध्ययन केन्द्रको निमन्त्रणमा उत्तर कोरियाली टोली काठमाडौँमा

  • प्रकाशित मिति : बिहिबार, कार्तिक १८, २०७३



  • काठमाडौँ । उत्तर कोरियाली समाजवाद अध्ययन केन्द्रका प्रमुख वाङ छुन नेतृत्वको तीन सदस्यीय एक टोली काठमाडौंमा आएको छ ।

    नेपाल कोरियाली समाजवाद अध्ययन केन्द्रको निमन्त्रणमा आएको प्रतिनिधि मण्डलले उत्तर कोरियाको समाजवाद विकासबारे प्रशिक्षण दिन काठमाण्डौ आएको हो ।

    विहिबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेर भ्रमण टोलीको बारेमा जानकारी गराएको हो । नेपाल कोरिया समाजवाद अध्ययन केन्द्र विप्लव नेतृत्वको माओवादीको भातृ संगठन हो । कोरियाको समाजवादबारे विश्वलाई जानकारी दिन कोरियन एसोसिएसन फर सोसल साइन्टिष्टले सरकारको प्रतिनिधित्व गर्दै विश्व भ्रमण गर्दछ । यो प्रतिनिधि मण्डलले काठमाडौं बसाइको क्रममा शुक्रबार काभ्रेको धुलिखेलस्थित एक होटलमा विप्लव नेतृत्वको माओवादी पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम तय भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij