शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

अझै सुरु भएन गोल्डेन टेम्पलको पुनःनिर्माण

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १९, २०७३



  • ललितपुर । गत वर्षको भूकम्पमा चर्किएको हिरण्यवर्ण महाविहार गोल्डेन टेम्पलको डेढ वर्ष बित्दासमेत पुनःनिर्माण सुरु हुन सकेको छैन ।

    मुख्य मन्दिरमा केही नभए पनि परिसरका भवन चर्किएको हिरण्यवर्ण महाविहार संरक्षण समितिका अध्यक्ष विकाशरत्न धाख्वाले बताए । उनले भने, “छानाहरु पूरै नखसे पनि खस्केका छन् ।” झिँगटी र इँटाहरु खस्केको र भित्ता पनि चर्किएको उनले बताए ।

    भूकम्पका समयमा सानो चर्किएको ठाउँमा पनि पराकम्पनले गर्दा ठूलो भएको छ । परिसर (मुख्य मन्दिर दायाँ–बायाँको भवन) मा पहिलो र दोस्रो तलामा मर्मत गरेर मजबुत बनाउनुपर्नेछ । तेस्रो तलामा भत्काएर नै गर्नुपर्ने उनले बताए । उनले भने, “पहिलेको स्वरुपमा कुनै परिवर्तन नआउने गरेर पुनःनिर्माण गर्नुपर्ने छ ।”

    भारतीय दूतावासले सहयोग गर्ने प्रतिबद्धता जनाए पनि सरकारी प्रक्रिया लामो हुँदा सहयोग लिन कठिनाइ भएको उनले बताए । पुरातत्व विभागले स्वीकृति दिएपनि पुनःनिर्माण प्राधिकरणले स्वीकृत नगर्दा ढिलाइ भइरहेको उनले बताए ।

    उनले भने, “सबै निकायबाट स्वीकृति लिएर चाँडो पुनःनिर्माण गरेर हामी पहिलेको स्वरुपमा फर्काउन लागेका छौँ ।” यो महाविहार सबैभन्दा ठूलो सर्वसङ्घ (सदस्यहरु) भएको महाविहार भएको स्थानीयवासीको दाबी छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij