प्रकाशित मिति : शुक्रबार, कार्तिक १९, २०७३
गुल्मी । हस्तिचौर– २ मा रहेको हिमालय उच्च माध्यमिक बिद्यालयमा गुल्मी जालपा हस्तिचौर शैक्षिक तथा धार्मिक महोत्सव हुने भएको छ ।
जिल्लाकै नमुना प्राबिधिक शिक्षा र स्नातक तहको कक्षा सञ्चालनका लागी आउदो मसिंर २५ गते देखी पौष २ गतेसम्म बिद्यालयको प्रागंणमा उक्त महोत्सव सञ्चालन हुने भएको हो ।
प्रविणताप्रमाण पत्र तह मात्रै सञ्चालनमा रहेको उक्त बिद्यालयमा बिभिन्न बिषय अन्र्तगत स्नातक तहका कक्षा सञ्चालन गर्नु मुख्य उदेश्य रहेको बिद्यालयका प्राचार्य दधिराम पन्थीले बताए । कक्षा १२ उत्तिर्ण गरे पछि हस्तिचौर लगाएत यस आसपासका बिद्यार्थीहरु सदरमुकाम पुगेरै स्नातक तह पढनुपर्ने बाध्यता रहदै आएको छ ।
महोत्सवपछि उक्त समस्या हटेर जानेमा यहाका स्थानिय आशावादी बनेका छन । बिद्यालयको शिक्षालाई प्रबिधीमैत्रि र स्नातक तहको कक्षा सञ्चालानार्थ महोत्सव गरिनु जिल्लामै नमुना हुने सरोकारवालाले बताएका छन ।
महोत्सवमा प्रवचनका लागी १०८ राष्ट्रशान्ति धार्मिक महोत्सवका सकंल्पकर्ता गोबिन्दशरण महाराज र मिरादेवी द्धारा प्रबचन हुने छ ।
महोत्सवमा गुल्मीकै ईतिहासमा पहिलो पटक संगितमय श्रीमदभागवत सप्ताह ज्ञानमहायज्ञ,योग बिज्ञान शिबिर,बिराट धनधान्य महापर्व, राष्ट्रिय कलाकारबाट झाकि सहित भजनकिर्तन, ५ हजार १ सय शान्ति कलश पुजन,सहस्र शालिग्राम पुजन,शैक्षिक एवंम धार्मिक पुजा सामाग्री प्रदर्शनी गरिने बिद्यालयले जनाएको छ ।
महोत्सवलाई सफल पार्न बिभिन्न राजनैतिक दल बुद्धिजिवी,शिक्षक, समाजसेवी,पत्रकार लगाएत सबैमा बिद्यालयले आग्रह गरेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij