प्रकाशित मिति : शुक्रबार, कार्तिक १९, २०७३
भोजपुर । भोजपुर जिल्लालाई ९ स्थानिय निकायमा विभाजन गरिदा अवैज्ञानिक ढंगले गरिएको र केन्द्र समेत जनताले सास्ती पाउने गरि सिफारिस गर्न लागिएको भन्दै भोजपुरका ८ र ९ ईलाकाले विरोध जनाएका छन् ।
शुक्रवार ८ र ९ ईलाकामा रहेका १३ गाविसमा रहेका स्थानिय सदरमुकाममा भेला भई विरोध ¥याली गर्नुका साथै सबै राजनैतिक दल तथा जिल्ला विकास समितिको कार्यलयमा धर्ना समेत दिएका हुन् ।
जिल्लामो पश्चिमि गाविसहरु शिद्धेश्वर, गुप्तेश्वर, तिम्मा, छिनामखु गाविसलाई समेटि १ गाउपालिका साथै अन्नपूर्ण, नागी, खावा, कोट, गोगने र लेखर्क समावेश गरि अर्काे गाउपालिका निर्माण गरिनुपर्नेमा उनीहरुको माग रहेको छ ।
हाल २ नगरपालिका र ५४ गाविस रहेको भोजपुर जिल्लामा ९ स्थानिय निकायमा भोजपुरको पश्चिमि गाविसहरुलाई विभाजन गरिएको प्रति उनिहरुको आक्रोश हो ।
चरणबद्ध रुपमा दलहरुलाई जनताको पक्षमा निर्णाय गर्न दवाव दिइरहने संयुक्त गाउपालिका समन्वय समिति ईलाका नं ८ र ९ का संयोजक हर्कराज राईले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij