शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

दाङमा पत्रकार शुद्धिकरण सुरु, पहिलो चरणमा २० जनाको सदस्यता खारेजी

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १९, २०७३



  • दाङ । नेपाल पत्रकार महासंघ दाङले पत्रकारहरुमा शुद्धिकरणको अभियान सुरु गरेको छ । कुनै समयमा पत्रकार रहेका तर पछिल्लो सयममा निष्कृय र अन्य पेशामा आबद्ध भएका करिब २० जना पत्रकारको सदस्यता खारेज गर्ने निर्णय गरेको छ ।

    पत्रकारीतामा निष्कृय रहेका र सरकारी जागिर तथा अन्य संस्थामा आबद्ध भएका २० जनालाई पहिलो चरणमा महासंघको सदस्यबाट हटाइएको हो । पत्रकार महासंघ दाङको कार्य समिति, केन्द्रिय सदस्य, पूर्ब केन्द्रिय पदाधिकारी र पूर्ब अध्यक्षहरु सहितको बैठकले शुद्धिकरण अभियान अन्तरगत उनिहरुको सदस्यता खारेज गर्ने निर्णय गरेको हो ।

    महासंघका अध्यक्ष सुदिप गौतमको अध्यक्षतामा बसेको बैठकले महासंघलाई बिशुद्ध समाचार लेख्ने पत्रकारहरुको संस्था बनाउन शुद्धिकरणको अभियानलाई जारी राख्ने निर्णय समेत गरेको छ ।

    साथै निष्कृय रहेकाहरुलाई सकृय बन्न र पत्रकारीता छाडेर अन्य पेशामा लागि सकेकालाई पनि सदस्यता त्याग्न महासंघले आग्रह गरेको छ । यसैबिच महासंघको सदस्यता नबिकरणका लागि आगामी पुस १५ गते सम्मका लागि समय दिइएको छ ।

    सो अबधी सम्म नबिकरण नगरे महासंघको अधिबेशनमा सहभागि हुन नपाउने भनिएको छ । साथै दाङबाट नयाँ सदस्यताका लागि महासंघ दाङले ४१ जना पत्रकारको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ । महासंघ दाङ शाखामा अब २ सय १७ जना सदस्य रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij