प्रकाशित मिति : शुक्रबार, कार्तिक १९, २०७३
जेपी थुलुङ, सोेलुखुम्बु ।सोलखुम्बुको दुधकुण्ड नगरपालिका वडा नं ५ स्थीत एक घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । आज बिहान कबिर ९ ः३५ बजे सिलिन्डर ग्यास लिक भई आगलागी हुदा पदम माया थापाको तीन तले घर पुर्ण रुपमा जलेर नष्ट भएको हो ।
आगालागीमा कुनै मानबिय तथा चौपायको क्षती नभएपनि उक्त घरमा भएको सबै लत्ता कपडा सामान तथा एक होटल र पसल लगायत अन्य सबै सामानहरु जलेर पुर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रहरी निरिक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।
प्रहरी निरिक्षक बोगटीका अनुसार क्षतीको पुर्ण बिवरण आउन बाकी रहेको छ । आगो नेपाल प्रहरी नेपाली सेना र स्थानियको सहयोगमा ११ ः२५ बजे नियण्त्रणमा आएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij